गोविन्द खड्का
बाल शिक्षा सदन घोराही १५ भरतपुर दाङको १४ औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष लिलाधर पन्थीको अध्यक्षता एवं पतञ्जली योग समिति दाङका अध्यक्ष प्रभारी उदय बहादुर डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा घोराही १५ का सदस्य माधव श्रेष्ठ, दिपशिखा आवासिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव अधिकारी, रेडियो मध्यपश्चमका अध्यक्ष मधुसुदन खनाल, भरतपुर खानेपानीका अध्यक्ष शंकर गौतम, शान्तिसुधा आमाविका अध्यक्ष दामोदर खनाल, भरतपुर घोराही १५ शित्तल टोलका अध्यक्ष श्याम अचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहजिकरण प्रिन्सीपल विमला आचार्यले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार