थारु कल्याणकारीणी सभा दाङ देउखरको १७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जस्को सभापतिमा अशोक चौधरी, उपसभापतिमा रामपति चौधरी, शान्ता चौधरी, सचिवमा प्रणव चौधरी, कोषाध्यक्षमा दीपक नारायण चौधरी र सह–सचिवमा नारायण चौधरी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मिश्रुलाल चौधरी, शिव प्रसाद थारु, दयावती चौधरी, शोभाराम चौधरी, मन प्रसाद चौधरी, रचना चौधरी, सबि चौधरी, रेशम चौधरी, जग्गुलाल चौधरी र रंजित चौधरी रहेका छन् । अधिबेशनले १६ जनालाई केन्द्रिय पार्षदमा चयन गरेको छ ।
प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार