महाकालद्वारा चौपटाको मन्दिर र राजमार्गमा सरसफाई एवं फुल रोपण



जय महाकाल युवा समूह घोराहीले घोराही–३ चौपटामा सरसफाई एवं फुल रोपण कार्य गरेको छ ।

चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्गर्त चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवं सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । महाकाल युवा समूहले गएको हप्ता घोराही–७ उत्तरबाहिनीमा सरसफाई गरेको थियो । हरेक हप्ता सरसफाई अभियान कार्यक्रमको आयोजना गर्ने लक्ष्य महाकाल युवा समूहले बनाएको छ ।

जय महाकाल युवा समूह घोराहीले विगत २७ दिनदेखि घोराहीको गुम्राहचोकमा विहान साँझ बटुवाहरुलाई निशुल्क खाना खुवाई रहेको छ । जय महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर गिरी र सचिव केशव गिरीले महाकाल युवा समूहले सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा कार्य गरिरहेकाले साथसहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्