दंगीशरण गाउँपालिकाका २ छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर २ जनाको मृत्युु भएको छ । आज अपरान्ह ५ बजेको समयमा चट्याङ लाग्दा दंगीशरण गाउँपालिका वडा न ६ का २६ बर्षिय समिर केसीको मृत्य भएको प्रहरी चौकि बागरले बताएको छ ।
समिर कामको सिलसिलामा खेतमा गएका बेला चट्याङले हानेको थियो ।यस्तै सोहि समयमा चट्याङ लागी दंगीशरण गाउँपालिका वडा न ३ का ३६ बर्षिय रामनारायण चौधरी गम्भीर घाइते भएकाे प्रहरिले जनाएको छ ।
घाइते चौधरीलाइ उपचारका लागी राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । केहिबेरमै चौधरीलाइ मृत घोषणा गरीएको प्रहरीले बताएको छ ।मृतक चौधरी आफुले फलाएको टमाटर टिप्न खेतबारीमा पुगेका बेला चट्याङले हानेको थियो ।
प्रकाशित मिति : २०८० असार ९ गते शनिवार