आज २०८१ साल कात्तिक २ गते शुक्रबार । सन् २०२४ अक्टोबर १८ तारिख। कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल
मेष राशि – महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । नयाँ कार्यको थालनी हुनेछ ।न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । शेयर मार्केटमा भने सोचेअनुरुप फाईदा हुने छैन ।व्यवसायिक सफलता पनि सोचेअनुरु हुनेछैन ।स्वास्थ्यमा ख्याल राख्नु होला ।
बृष राशि – आज तपाईले कार्य गर्दा विशेष ख्याल गर्नु पर्नेछ ।प्रेमी प्रेमिका विच मनमुटाव हुन सक्छ । बोलिलाई कन्ट्रोल गर्नुहोला ।लापरवाहिको कारण सामान हराउने चोरि हुने हुनेछ । स्वास्थ्य विग्रन सक्छ खानपान र जीवन शैली परिवर्तन गर्नु होला ।अध्ययनमा भने मन जाने छैन ।
मिथुन राशि –अधुरा कार्य पून: सुचारु होलान् । आम्दानी वढ्नेछ । लामो समय देखि रोकिएको रकम एक्कासि हातलाग्नेछ ।बैदेशिक क्षेत्रमा मार्ग प्रसस्त रहला । आर्थिक उन्नति होला ।पारीवारिक साथ र सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।
कर्कट राशि – धार्मिक एवं सामाजीक कार्यमा रुचि वढ्ला । अध्ययन अनुसन्धानमा मन जाला ।अभिभावकको सल्लाहले तपाईको ईज्जत धेरै बढ्नेछ ।तपाईको क्षमताको कदर हुनेछ ।मान सम्मान मिल्नेछ ।विश्लेषण क्षेमता उच्च रहला । स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला ।
सिंह राशि –प्रेमि प्रेमिका विच सुमधुर सम्वन्ध कायम होला । पारीवारिक सद्भाव वढ्ला । तर पुराना आर्थिक समस्या वल्झनेछन् । आर्थिक झन्झट व्होर्न पर्ला ।व्यवहारिक जीवनमा कठिनाई छाउला । स्वास्थ्यमा ख्याल राख्नु होला ।
कन्या राशि -आज तपाईको आत्मविश्वास उच्च हुनेछ ।दाम्पत्य जीवनमा खुसियालि छाउनेछ ।प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध रहला ।शत्रु पराजित् हुनेछन् ।नाम ,प्रतिष्ठा एवं किर्ति बढ्नेछ । घरमा अतिथिलाई स्वागत् गर्ने अवसर प्राप्त हुनेछ।
तुला राशि – धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ ।प्रिय व्यक्ति संग छोटो मिठो भेटघाट हुनेछ ।दीर्घकालिन योजना बन्नछन् ।अलिक परिश्रम पूर्ण दिन रहनेछ र सफलता पनि मिल्ला ।सामाजीक कार्यमा मन जाला ।धार्मिक कृत्यमा सरिक भैएला ।दिन प्रेमिल हुनेछ ।
बृश्चिक राशि -साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउला । अधुरो कार्य पुन: सुचारु हुनेछन् ।मिष्ठान्न भोजन प्राप्त होला ।प्रेम सम्बन्ध कसिलो हुनेछ ।नयाँ कार्यको योजना बन्नेछन् । मनोरन्जनम रुचि वढ्नेछ ।
धनु राशि –आज दिन मध्ययम फलदायि रहला ।लाभहानि ,आयव्यय ,दुखसुख बराबर सहनु पर्नेछ ।धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा रुचि वढ्नेछ ।आफन्त संगको भेटघाटले मन खासै प्रसन्न रहेनेछैन ।
मकर राशि – धार्मिक कर्ममा मन जाला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ।शुभ कर्मको चर्चा हुनेछ आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।स्वास्थयमा भने ख्याल राख्नु पर्ला ।
कुम्भ राशि – आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ । सामाजीक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन् ।साहित्यिक क्षेत्रमा रुचि वढ्नेछ ।मित्रको सहयोगले विशेष कार्य सम्पादन हुनेछ ।आर्थिक पक्ष बलियो हुनेछ।स्वास्थ्य भने ख्याल राख्नु पर्ला ।
मिन राशि -सृजनात्मक कार्यमा रुची वढ्नेछ ।नयाँ कार्यका नयाँ योजना बन्नेछन् ।बौद्दिक निखारता बढ्नेछ ।परिक्षा वा प्रतिस्पर्धा मा सफलता हात पर्ला आत्म प्रसन्न रहला ।पारिवारीक सद्भावमा मिठास आउला ।