कोमल वलीका बुवा ललित बहादुर वलीको नवाैँ दिनमा एमाले दाङद्वारा श्रद्धाञ्जली सभा



नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीका बुवा स्वर्गीय ललित बहादुर वलीको असामयिक निधनको नवौं दिनको पुण्यतिथिमा नेकपा एमाले जिल्ला कमिटी दाङले उहाँको जीवन, सामाजिक चेतना र राजनीतिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

पार्टी अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटब्यूरो सदस्य एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी ले स्वर्गीय वलीलाई परिवारका लागि असल अभिभावक मात्र नभई समाजका ज्येष्ठ नागरिकहरूको मार्गदर्शक, समर्पित समाजसेवी तथा साहित्यकारका रूपमा स्मरण गर्नुभयो। उहाँले वलीको बहुआयामिक योगदान समाजले सधैं सम्झिरहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य ढुण्डीराज लामीछानेले वलीले समाजलाई दिएको सेवा, माया र प्रेरणा सधैं जीवित रहने बताउनुभयो।

जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले उहाँको विचार फरक भए पनि सन्तानलाई सधैं प्रगतिशील मार्गतर्फ अघि बढ्न प्रेरित गर्ने व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो।

त्यसैगरी, वडा नं. ११ का अध्यक्ष मानबहादुर रावतले वलीको सामाजिक योगदान, सरलता र मानवीय भावनाको उच्च प्रशंसा गर्दै उहाँजस्तो व्यक्तित्वको अभाव समाजले गहिरो रूपमा महसुस गर्ने बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय वलीका आदर्श, मूल्य र प्रेरणाले आगामी दिनमा पनि मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्