“छोरी दाम होईन नाम कमाउँनु ”



दिप्तीशिखा चौधरी

“छोरी दाम होईन नाम कमाउँनु ” जब जेब रित्तो हुन्छ बाबा को यो आशिर्बादले मलाई झस्काउँछ । आज कुँशे औँशीको बिहानै यहि आर्शिबाद सम्झीएँ । जहिले टिका लगाएर यहि शब्द निस्किन्छ बा आमाको मुख बाट,लाग्छ मर्नु भन्दा अगाडि छोरीले दाम होईन नाम कमाएर मरोस भन्ने उहाँहरुको ईच्छा र चाहाना हुन सक्छ । मैले पनि कहिले सोधिन कि बाबा जहिले पनि मलाई यहि आर्शिबाद मात्र किन दिनुहुन्छ ? तपाईले चाहानु हँुदैन कि जिन्दगीमा  छोरीले दाम पनि कमाआँेस् भनेर ? किन चाहनु हँुदैन तपाई छोरी दाम कमाएर ऐस आरामको जिन्दगी बाँचोस । यस्ता प्रश्न मनभित्र धुँवा जस्तै मडारिरहन्छ तर सोध्ने आँट कहिलै गरिन । बा आमाको माया प्रेम देखाउने प्रेम नभएर मनभित्रको प्रेम माया हुदोरहेछ । र त यति ठूली भए जागिर खाएँ तर तेरो कमाई कति छ छोरी ? भनेर कहिलै सोध्नु भएन । माया प्रेम त धन को नभई मनको रहेछ । आज यस्तै सोचिरहेछु । धेरै छोरा  छोरीको गुनासो हुन्छ मेरो बा आमाले भन्नु हुन्छ पढाएर यति धेरै खर्च लाग्यो उति लाग्यो आज सम्म एक पैसाको कमाई देखाएको छैन भनेर तर मेरो बाबा आमाले कहिल्यै भन्नु भएको छैन कि छोरीले आफ्नो कमाई देखाउँदिन भनेर । म कति भाग्यमानी रहेछु आफैँ देखि गर्ब लाग्छ । सोचे बा आमाको यहि यस्तै आर्शिबादले होला आज सम्म धेरै पैसा कमाउने जागीर नै गरेकी छैन । बस दुई चार जना साथी भाई कमाएकी छु । मेरो नाम लिएर तपाई फलानो हो भनेर सोध्दा आफै देखि खुसी लाग्छ । यहि त हो मनको खुसी । बा आमाको माया पाएर म सोच्छु संसार त रंगीन रहेछ , जहाँबाट जुनसुकै दृष्य हेर्दा पनि रंगीन देखिन्छन् ।

रेडियो मेरो साथी म ठूली भएदेखी रेडियो साथमा हुन्थ्यो बा आमालाई एउटै कुराले पिरोल्थ्यो कि रेडियो बन्द नहुँदा सम्म सुनिरहि भने पढ्ने कतिखेर । तर म लेख्दा पढ्दा , खाँदा पनि रेडियो साथमा हुन्थ्यो ।पहिले रेडियो नेपालमा समाचार बाचन गर्ने कोमल वली दिदी जस्तै समाचार बाचन गर्न मन लाग्थ्यो । त्यसैले बिस्तारै रेडियोको स्रोता हुदै रेडियोकर्मी पनि भए । धेरैले चिने धेरैलाई आफैले चिन्ने मौका पनि पाए सात बर्षको रेडियो यात्रामा । तर मेरो तलव यति छ भनेर चित्त कहिल्यै दुखाईन र मलाई यति तलब चाहिन्छ भनेर कहिल्यै माग गर्न सकिन । यती ठूली भए पैसाको लागि आफ्नो परिचयलाई बेच्न सकिन । जति दिएपनि खुसी नै हुन्थे । खाई नखाई गरेर काम गर्थे । किनकी दाम होईन नाम संग खुसी थिए म । मान्छे पैसाको लागि दु.ख गर्छन् तर म नामको लागि दुःख गर्छु । पैसा भन्ने बित्तिकै मान्छेहरु लालचित हुन्छन् तर मेरो मनमा कहिल्यै लोभ जागेन । साझँ बिहान खाने र एकसरो लाउनेमा चित्त बुझाएँ । र त अरु भन्दा म भिन्नै खालको मान्छे हुँ जस्तो लाग्छ । मेरो घरको खानदान , सस्ंकारलाई लत्याउने काम गरिन । यति बुझ्छु पैसाले मान्छे आफ्नो हुन्छ र पराई पनि त्यहि पैसाले गराउँछ मान्छेलाई तल खसाउँछ र त्यहि पैसाले माथी पनि पु¥याउँछ । पैसाकै निम्ती मरीहत्ते गर्ने सोच मनमा कहिल्यै आएन । यहि सोचले होला मान्छेहरु म प्रति सकारात्मक देखिन्छन् । अरु समयमा होईन चाडपर्वकै बेला एक हजार रुँपैया पाउँदा पनि सब थोक पुगे जस्तो लाग्थ्यो । अभाव छ भनेर असन्तुष्टि कहिल्यै भईन । किनकी मान्छेलाई धनले कहिल्यै पुग्दैन । मनलाई सन्तुष्टि र असन्तुष्टि बनाउनु आफ्नै सोचमा भर पर्ने कुरा हुन ।  त्यसैले कहिले काही गहिरिएर सोच्छु बा आमाले दिएको आर्शिबाद लाग्छ भन्थे हो रैछ । र त “छोरी दाम होईन नाम कमाउँनु ” बेला बेला यहि शब्दले झस्काउँछ मलाई ।

कहिले काहि आमा संगै बस्दा आमा भुन्नुहुन्छ – “हेर छोरी समस्या मानीसका निम्ती अभिसाप होईन , यो त प्रगतीको खुड्किलो हो ,चुनौतीले बास्तबमा भाग्यमानीको ढोका मात्र घच्घच्याउँछ । जो अभागी छ उसलाई समस्याले सताउँदै सताउँदैन रे । हाम्रो सोच भने ठिक बिपरीत छ हामी सोच्छौँ अभागी भएर नै मलाई समस्याले सताईरहेको छ । बच्चै देखि सामना गर्नुपर्ने बास्तविकता हो यो । जिन्दगी लामो छ हर घडीमा समस्याहरु आईरहन्छन् क्षमतावान् ब्यक्तिले समस्या सुल्झाउँदै जान्छ भने मूर्खहरु यस बाट भाग्न खोज्छन् । जन्मिदा भावीले जिन्दगीमा तलाई यो यो हुन्छ भनेर भाग्य रेखा कोरेर पठाउँछन् । त्यसैले भोग्नुपर्ने कुराहरु भोग्नै पर्छ हटेर जादैन । हामीलाई सहन गाह्रो हुन्छ यति मात्र हो । ”

बाबा भन्नु हुन्छ – “चुनौती संग हार खानेले कहिल्यै सफलता प्राप्त गर्न सक्दैन नत जिन्दगीमा प्राप्ती नै गर्न सक्छ । म त भन्छु चुनौती बाट भाग्ने मान्छे कर्मशिल हुदै होईन । भबिष्यको उज्यालो किरणलाई देखाउँन अरुको उपलब्धिलाई पनि हेर्नुपर्छ हेरेर मनन गरेर बौद्धिक क्षमताको बिकाश हुन्छ । त्यसैले म भन्छु छोरी  अध्ययन गर्ने बानीको बिकास गर । ”

कहिले काहि आफुलाई बा आमाले भनेका यहि कुराले धेरै नै भावुक बनाउँछ । यो खोपडी सदा अनाबश्यक चिज , सुचना र जानकारीहरु मात्र संग्रह गर्छ । तर आफैँलाई थाहा छ भावुकतामा जिन्दगीको रथ हाँक्न सकिदैन भनेर । मैले भन्छु बा आमा म पढिसके ठूली भईसके अबका दिनमा म सोच्नुपर्छ मेरो जिवनका लागि जिवन अनुभव र अनुभूतीको संगालो हो मलाई थाहा छ । मिठा र तीता पलहरु त आउँछन् जान्छन् । समयसंगै मान्छे हुनुको मुल्य खोज्दैछु ।अबका दिनमा जिवनलाई फरक तरीकाले बाँच्न चाहन्छु । तपाईहरुको आर्शिबादले म सधैँ अगाडि बढ्न सकूँ । मलाई यती कुरा पनि थाहा छ हामीले अरुको उपहास गरेर केहि फाईदा छैन । यसले हामीलाई कहिल्यै प्रगतीशिल बनाउँदैन । दुई दिन बाँच्नुछ । अरुको रिस गरेर के नै हुन्छ र ?बरु आफुले आफुलाई बलियो पार्न हामीले अरुको होईन आफनै कमजोरी पत्ता लगाउनु पर्छ । अरुलाई कालो छस् भनेर गाली गर्दैमा आफनो मुहारको रंग फेरीदैन । मानीस सकारात्मक सोँचले नै अगाडि बढ्ने हो ।

आज  कुशेँ औँशी सायद आजको दिन पनि बाबा को आर्शिबाद उहि हुनेछ “छोरी दाम होईन नाम कमाउनु ” । बाबालाई ढोक्दै भन्नेछु – हुन्छ ,बाबा यस्तै आर्शिबाद दिनुहोस् । दाम कमाएर सुख नदिए पनि नाम कमाएर खुसी दिनेछु तपाईहरुको छोरीले । छेउमै बसेकी आमा मुसुक्क हाँस्दै भन्नुहुनेछ — “जिन्दगीमा जती ठूलो समस्या आएपनि नहडबडाईकन समाधान गर्न सक्नु । ” म मुस्कुराउँदै भन्नेछु — कूनै पनि पलमा आमाकै बचन सम्झीएर म पाईला अगाडि बढाउनेछु , आमा चिन्ता नलीनुहोस् ।

आजको दिन धेरै थरीका उपहार दिन नसकेपनि खीर र दहि खुवाउँनेछु जुन स्वास्थ्यको लागी फाईदाजनक चिज हो । तपाई जस्तै लेख्न र पढ्न रुचाउँछे यो छोरी बा आमाको अलीअली भएनी बंशानुगत गुण लीएर जन्मेकी छ तपाईहरुकी छोरी । मूखले भन्न नसके पनि मनमनै भन्नेछु उपहार दिन मन त थियो तर बाबा छोरीले दाम होईन नाम कमाउँदैछे ।  हेरौँ समयले कस्तो कस्तो परीस्थितीसंग लुकामारी खेलाउँने हो । कुनै दिन  धेरै थरीका उपहार लीएर आउँला आजको जस्तै बिशेष दिनमा ।

 

 

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्