दाङका १४ वर्षिय बालकले जहाज उडाएका छन् । सक्सेस जिसीले बनाएको जहाजको सोमबार टरिगाउँ विमानस्थलमा उडाएर परिक्षण गरिएको छ ।अर्घाखाँचीमा जन्मिएर अहिले घोराही उपमहानगरपालिका १८ नवलपुरमा बस्दै आएका १४ वर्षिय सक्सेस जिसीले आफैले निर्माण गरेर जहाज उडाएका हुन् ।
उडाइएको हवाईजहाज बनाउनका लागि व्रसलेस मोटर,कन्ट्रोलर र व्याट्री प्रयोग गरिएको छ । जहाज निर्माणका लागी अहिले सम्म २० हजार रुपैँया खर्च भइसकेको सक्सेस जिसीले बताए । हवाईजहाजलाई रेडियो मिटरको सहायताले उडाईएको थियो ।
भोजराज जिसी र मिरा जिसी एक्लो सन्तान जिसिको लगनशिलता र मेहनतबाट परिवार र विद्यालय पनि उत्साहीत रहेको गुरुकुल तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो। सक्सेसले तयार गरेको हवाईजहाजबाट आफु उत्साहित भएको प्रधानाध्यापक गिरीले बताउनुभयो।
यसअघि उनीहरुको समुहले लाइन फोलोइङ रोवोट,ड्रोन लगाएतका सामाग्री निर्माण गरेर परिक्षण समेत गरिसकेको छ । कक्षा ९ मा चालु शैक्षिक वर्षमा गुरुकुल एकेडेमी घोराहीमा सक्सेस भर्ना भएको विद्यालयले जनाएको छ । नवप्रतिभाहरुलाई विद्यालयले प्रोत्साहन गर्ने र उनीहरुलाई प्रोत्साहन गर्दै आएको छ।