साजिदा सिद्धिकी मुस्लिम क्लस्टरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित



नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृ साजिदा सिद्धिकी मुस्लिम क्लस्टरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । यसअघि पनि उहाँ १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य रहनुभएको थियो ।

दाङको घोराही १८ निवासी सिद्धिकी करिब २० वर्षदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ । मुस्लिम समुदायसहित पछाडि पारिएका वर्गको हकहितका लागि आवाज उठाउँदै आउनुभएकी उहाँ सामाजिक न्याय र समावेशिताको पक्षमा परिचित नेतृ हुनुहुन्छ ।

पार्टीको मिसन ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुमा खटिँदै संगठन विस्तार र जनसम्पर्कमा प्रभावकारी भूमिका खेलेकी सिद्धिकी महिला हिंसाविरुद्ध तथा सामाजिक न्यायका मुद्दामा पनि सक्रिय रहनुभएको छ ।

उहाँको पुनः निर्विरोध चयनलाई एमालेभित्र समावेशी प्रतिनिधित्व र अनुभवी नेतृत्वको सशक्त उदाहरणका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्