दाङको दङ्गीशरण गाउपालिका वडा न ७ ले बिधालय पाेषाक र खेलकुद सामग्री वितरण गरेको छ । वडा बाट विनियाेजित बजेटबाट जेहेन्दार गरिब तथा विपन्न बालबालिकाहरु लाइ बिद्यालय पाेशाक र खेलकुद सामाग्री वितरण गरिएको हाे ।
दङ्गिशरण ७ मा रहेको जनता माध्यमिक बिधालयका बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हाे ।
वडाकाे यस कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई राहत पुग्ने अपेक्षा लिएको वडा अध्यक्ष रेसम बहादुर वलीले बताउनुभयो । सामुदायिक बिधालय र साे बिधालयमा पढ्ने बालबालिकाहरुका लागि समय सापेक्ष अनुशारका कार्यक्रम गर्दै जाने उहाँले बताउनुभयो ।
यसैबीच दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित भानु माविमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
सोमबार विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । आर्थिक बर्ष २०८१/ ०८१ को बजेटमा समावेश भए बमोजिम भानु माविमा ८४ विद्यार्थीलाई पोशाक, २५ सेट खेलकूद पोशाक र १८ थान स्काउट पोशाक वितरण गरिएको हो ।
विगत जस्तै यस बर्ष पनि यी सामग्री सहयोग गरिएको वडाध्यक्ष रोशनजंग शाहले बताउनुभयाे। सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहजताकालागि पोशाक वितरण गरिएको उहाँले बताउनुभयो ।