राजपुरमा लैंगिक हिंसा विरुद्धका १६ दिने अभियानअन्तर्गत भूमि तथा आवास साक्षरता अभिमुखीकरण



लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा दाङको राजपुर गाउँपालिका क्षेत्रमा बसोबास गर्दै आएका महिलाहरूलाई भूमि तथा आवास अधिकारसम्बन्धी एक दिने साक्षरता अभिमुखीकरण गरिएको छ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा राजपुर ४ दुलैयामा बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायका महिलालाई लक्षित गरी अभिमुखीकरण सञ्चालन गरिएको हो।

कार्यक्रम संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र राजपुर गाउँपालिका ४ का वडा अध्यक्ष रामेश्वर अहिरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो।

कार्यक्रममा उपस्थित सहभागीलाइ SWFHA परियोजनाअन्तर्गत भूमि तथा आवाससँग सम्बन्धित अधिकार, सिद्धान्त र राज्यका प्रावधानबारे जानकारी दिइएको आयोजकले जनाएको छ।

ठकुरी यादवकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे महिला तथा बालबालिका शाखा प्रमुख सुनीता चौधरी, आत्मनिर्भर लघुवित्तका प्रतिनिधि नेपबहादुर चौधरी र निर्मल चौधरीले विषयगत सहजीकरण गरेका थिए।

कार्यक्रममा सहभागी महिलालाई डिजिटल हिंसाका रूप, प्रभाव तथा सुरक्षित रहन अपनाउनुपर्ने उपायबारे समेत साक्षर गराइएको आयोजकले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्