तुलसीपुर उपमहानगरपालिकाले फोहरबाट जैबिक मल उत्पादन गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले फोहरबाट मल उत्पादन गर्नका लागि क्लीन अफ नेपाल र द एशिया फाउन्डेसनको सहकार्यमा तयारी सुरु गरेको हो ।
बजारक्षेत्रको फोहर ब्यबस्थापनमा चुनौती रहेको तुलसीपुरलाई मल उत्पादन गर्न जैवीक मल उत्पादन केन्द्र स्थापना भएपछि सहज हुने भएको छ । मल उत्पादन केन्द्रका लागि तुलसीपुर उपमहानगरपालिकाले भवन आफ्नै लगानीमा निर्माण गरेको छ ।
मल उत्पादन गर्नका लागि क्लीन अफ नेपाल र द एशिया फाउन्डेसनले मेसिन उपलब्ध गराएको छ । उक्त मेसिनले दैनिक दुई सय किलोग्राम गल्ने फोहर मार्फत् ४० किलोग्राम मल उत्पादन गर्ने फोहर ब्यबस्थापन तथा बाताबरण शाखा शाखा प्रमुख माधब पौडेलले जानकारी दिनुभयो ।
बजारक्षेत्रबाट निस्कीने फोहर प्रत्येक १५ दिनमा तीन हजार किलोग्राम फोरह हालेर एक हजार दुई सय किलोग्राम मल उत्पादन हुने प्रमुख पौडेलले जानकारी दिनुभयो । फोहरबाट मल उत्पादन गर्ने मेसिन कार्तिक महिनामा जडान गरिएको थियो । जडान भएको मेसिनको परिक्षण समेत भएको छ । निर्माण गरिएको जैबिक मल उत्पादन केन्द्रको बुधबार हस्तान्तरण गरिएको छ । मेसिनको परिक्षण सफल पश्चात क्लीन अफ नेपाल र द एशिया फाउन्डेसनले तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, प्रवक्ता माधव वली, द एसीया फाउण्डेसनका गोवीन्द वस्नेत, वडा न. ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछाने, चेतना टोल विकास संस्थाका अध्यक्ष तुलाराम डांगी लगाएतले आ आफनो भनाई राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले फोहरबाट जैबिक मल उत्पादन गर्नु निकै प्रसंनीय कार्य भएको बताएका थिए ।
वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।