प्रेस चौतारी दाङको दशौँ जिल्ला अधिवेशन माघ १९ गते हुने



प्रेस चौतारी दाङको दशौँ जिल्ला अधिवेशन यही माघ १९ गते हुने भएको छ । प्रेस चौतारी दाङको घोराहीमा शनिबार सम्पन्न कार्यसमिति बैठकले दाङको घोराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठक प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बैठकमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, प्रेस चौतारी लुम्बिनी प्रदेशका सहइन्चार्ज टीका बहादुर बस्नेत, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख स‌ंगीत बस्याल, चौतारी फाँट इन्चार्ज गणेश आचार्य, केन्द्रीय सदस्य सन्तोष दहित, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष दशरथ घिमिरे, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्माले आ- आफनाे धारणा राख्नु भएको  थियो ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ । अध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा सुधासुमन ढकाल, दिप्तीशिखा चौधरी, किरण गौतम र गोकर्ण पौडेल रहेको आर्थिक सहयोग सङ्कलन समिति, अध्यक्ष राम्जाकै संयोजकत्वमा सुधासुमन ढकाल, दिप्तीशिखा चौधरी, किरण गौतम, गोकर्ण पौडेल, एकराज भण्डारी र चन्द्र प्रकाश नेपाली सदस्य रहेको पुरस्कार छनौट समिति गठन भएको छ ।

यसैगरी सुधासुमन ढकाल संयोजक, वसन्त परियार, रमा नेपाली, प्रेमकुमारी बुढा सदस्य रहेको अतिथि सत्कार समिति, दिप्तीशिखा चौधरीको संयोजकत्वमा कपिल लामिछाने, सुरक्षा चौधरी, रामप्रसाद सुवेदी सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।

साथै किरण गौतमको संयोजकत्वमा चन्द्रप्रकाश नेपाली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, एकराज भण्डारी सदस्य रहेको प्रचारप्रसार समिति, छवि पुरीको संयोजकत्वमा एकराज भण्डारी, माधव कँडेल र महेश बस्नेत सदस्य रहेको खाजा, खाना तथा आवास व्यवस्थापन समिति गठन गरेको सचिव किरण गौतमले जानकारी दिनुभएकाे छ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्