घोराही–लमही आउ–जाउ गर्ने मसोट खोला पुलबाट विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खाली सवारीसाधन मात्रै पुलबाट आवतजावत गर्न दिइएको डिएसपी शाहले बताउनुभयो ।
ठुला सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । डाइभर्सन मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि आकस्मिक रूपमा मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो ।
पुलबाट ठूला गाडीहरुको आउजाउ बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन सन्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सन्चालनमा ल्याइएको थियो ।
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार


