कर्मचारी संंगठन दाङले दुई दिन ३३औँ स्थापना दिवस मनाउने



No description available.

नेपाल निजामति कर्मचारी संंगठन दाङले संगठनको ३३औँ स्थापना दिवसको अवसरमा दुई भव्य रुपमा कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । बैशाख ७ गते परेको स्थापना दिवसको अवसरमा ७ र ८ गते दुई दिन विभिन्न सामाजिक कार्यसहितको कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको संगठन दाङका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, स्थापना दिवसका दिन बैशाख ७ गते घोराही १० दक्षिण अमराईमा रहेको नवोदय बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विपन्न, असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने, बैशाख ८ गते बिहान स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ पत्रकार र निजामति कर्मचारी संगठन बीचको सम्बन्ध प्रगाढ बनाउन नेपाल पत्रकार महासंघसँग मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।
मोहनबहादुर केसी नेतृत्वले ३३ वर्ष अघि स्थापना गर्नुभएको निजामति कर्मचारी संगठनको महत्व, यसको भुमिका र निजामति कर्मचारीहरुको पेशागत हकहीतका लागि हुँदै आएको कामका बारेमा पनि उक्त अवसरमा छलफल हुनेछ ।

पेशागत महासंघ नेपालमा आवद्ध निजामति कर्मचारीहरुको राष्ट्रिय स्तरको पहिलो ट्रेड यूनियनका रुपमा रहेको संगठनले विगतदेखि वर्तमानसम्मको अवस्था र भावी योजनाका बारेमा पनि यस अवसरमा छलफल गर्ने संगठनका सचिव बाबुराम न्यौपानेले बताउनुभयो । दुई दिनसम्म मनाईने स्थापना दिवसमा सहभागीताका लागि निजामति कर्मचारी संगठनमा आवद्ध सदस्य तथा शुभेच्छुक सबैमा संगठनले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्