शंकर पाेख्रेलले गरे कम्युनिस्ट नेता स्व. श्रीमणि आचार्यको शालिक अनावरण



दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको शालिक अनावरण गरिएको छ । सनिवार तुलसीपुर उपमहानगरपालिका– ११ मालेडाँडामा राखिएको आचार्यको सालिक अनावरण नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले गरेका हुन् ।

स्वर्गीय नेता श्रीमणि आचार्यको शालिक अनावरणपछि सम्बोधन गर्दै महासचिव पोखरेलले अब नेपालमा धेरै राजनीतिक दल नभई बलिया राजनीतिक दलहरूको खाँचो रहेको बताउनुभयाे । भएका दलहरूलाई पाखा लगाएर नयाँ दल खोलेर नेपालको राजनीति सही बाटोमा नजाने उहाले दाबी गर्नुभयाे ।

“राजनीति बुझेर मात्रै गर्नुपर्ने बिषय भएकोले नेपालमा बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेका राजनीतिक दल काम नलाग्ने भए भन्नु तर सामाजिक सञ्जालमा सेलिब्रेटी भएकाहरूले राजनीति गर्न बित्तिकै त्यो सफल हुन्छ भन्नु मजाक हाे ।”-उहाँले भन्नुभयाे ।

महासचिव पाेख्रेलले राजनीति आफ्नै मूल्य मान्यताको जगमा उभिएको हुन्छ भन्ने कुरालाई बुझ्न जरूरी रहेकाे बताउदै व्यवस्था परिवर्तनमा भूमिका खेल्न ठुला राजनीतिक दलहरूका विरूद्धमा अनावश्यक पैदा गर्ने काम भइरहेको र त्यो भनेको समाजलाई पछाडि धकल्ने काम मात्रै हुने बताउनुभयाे ।

उहाँले अर्थ विचार नमिल्ने बीचको सम्बन्ध कटुतापूर्ण हुन्छ भन्ने सोच गलत भएको भन्दै राजनीतिक रूपमा प्रतिस्पर्धा आफ्नो ठाउँमा र सम्बन्ध आफ्ना ठाउँमा हुने बताउनुभयाे । नेपालको राजनीतिमा योगदान गरेका पार्टीहरूमध्ये कांग्रेस र एमाले हुन् भन्ने कुरामा कुनै हिचकिचाहट नरहेको उहाँको भनाइ थियाे । कुन नीतिका आधारमा समाजलाई अगाडि बढाउने भन्ने कुरामा स्पष्ट नीतिगत बहस गर्न जरूरी रहेको समेत बताउनुभयाे ।

‘कांग्रेस उदार प्रजातन्त्रको बाटोबाट अगाडि बढ्न चाहन्छ हामी समाजवादी बाटोबाट अगाडि बढ्न चाहन्छौं,’ महासचिव पोखरेलले भने, ‘हामीमा स्पष्ट एउटा भिन्नता छ। यद्यपि बिपीले प्रजातान्त्रिक समाजवाद भनेको कुरालाई आधार बनाउँदा आज संविधानमा समाजवाद उम्मुख भन्ने कुरा साझा कुरा बनेको छ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले उहाँले श्रिमणि जस्तो सामाजिक ब्यक्तित्व राजनीतिमा ाआउन सके समाज परिवर्तन गर्न सकिने बताउनुभयाे ।

एक अर्को प्रसंगमा नेता गिरिले मुलुक अहिले अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै संविधानको मिस्रित प्रणालीमा केही सुधार आवश्यक रहेको बताउनुभयाे । उहाँले दाङ राजधानी ल्याउनका लागि एमाले महासचिव शंकर पाेख्रेलकाे हात रहेको बताउदै अवकाे राजनीतिक माहाेल परिवर्तन गरि सामाजिक कार्यमा सबैकाे साथ, सहयोग हुन आवश्यक रहेको बताउनुभएको थियाे ।

शालिक अनावरण कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामाजिक व्यक्तित्व श्रीमणी आचार्यको चर्चा गरेका थिए । विकास निर्माण, शैक्षिक, राजनितिक सम्पूर्ण क्षेत्रमा उनले खेलेको भूमिकाको बारेमा प्रसंशा गरेका थिए । श्रीमणि आचार्य सालिक निर्माण समितिका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षता भएको कार्यक्रममा अखिल नेपाल समन्वय समितिका संयोजक नारायण प्रसाद पौडेल, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, नेकपा एमालेका पोलिट ब्युरो सदस्य सुजिता साक्य ,काँग्रेसका नेता शंकर गिरी, एमालेका नेता सोभाराम बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेसुराम भण्डारी नेकपा एमालेका राममणि नेपाली , नेता छविलाल वली, घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी, तुलसीपुर नगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे , पुर्ब मेयर ढुण्डीराज लामिछाने, पूर्व सासद बिष्णु पौडेल, पूर्व संसाद हिराचन्द्र केसी पुर्ब सासद कृष्ण किशोर घिमिरे, माया शर्मा आचार्य, दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, लालमणि न्यौपाने, बलदेब आचार्य ,डम्बर वली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

श्रीमणि सालिक निर्माण संरक्षक एब तुलसीपुर ११ का अध्यक्ष मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हरीप्रसाद वलीले गर्नु भएको थियाे । सालिक १ करोड ५३ लाखमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्