दाङ घोराहीबाट १२ जुवाडे पक्राउ



प्रहरीले घोराहीबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र होटेलका म्यानेजर सुरज पुन रहेकाे  दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट १ लाख ८८ हजार ८ सय २० रूपैयाँ, खोलेको ५ गड्डी र नखोलेको तास बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्