कार्यसम्पादनमा दाङको शान्तिनगर गाउँपालिका पहिलो



शान्तिनगर गाउँपालिकाको कार्यालय थप एक हप्ता बन्द « Chhahara Online

शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा दाङका १० पालिका मध्ये पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर गाउँपालिका पहिलो भएको हो ।

त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो भएका छन । यस्तै ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन भने २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो भएका छन ।

यस्तै २९.५३ अंक ल्याएर गढवा गाउँपालिका पाँचौं, २७.४७ अंक ल्याएर बबई गाउँपालिका छैठौं भएका छन । त्यस्तै २४.३९ अंक ल्याएर तुलसीपुर उपमहानगरपालिका सातौं भएका छन ।

२३.२९ अंक ल्याएर बंगलाचुली गाउँपालिका आठौं, २३ अंक ल्याएर राजपुर गाउँपालिका नवौं तथा १८.४२ अंक ल्याएर लमही नगरपालिका दशौं स्थानमा रहेका छन् ।

बिभिन्न १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहहरु ३० अंक भन्दा कम ल्याएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्