संचार ऐन नियमावलीलाई ब्यवस्थापन गर्ने काम अगाडि बढाएका छौँ ः मन्त्री मास्की

राससको ६३ औँ स्थापना दिवस


No description available.

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारले संचार क्षेत्रलाई मर्यादित बनाउँन संचार ऐन नियमावलीलाई ब्यवस्थापन गर्न कामलाई अगाडि बढाएको बताउँनुभएको छ । उँहाले राज्यको निती नियम अनुसार पत्रकारले पाउनुपर्ने पारिश्रमिकमा आफ्नो ध्यनाकर्षण भएको र यस विषयमा आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । मन्त्री मास्कीले संचार माध्यामले सरकारलाई झक्झक्याउँने,ध्यानाकर्षण गराउँने काम संचारमाध्यमले गर्नुपर्ने भन्दै निश्पक्ष तथ्यगत जनता केन्द्रित सुचना बाहिर ल्याउनुपर्ने बताउँनुभयो ।

उँहाले संचारमाध्यम जनता र सरकारसंग जोड्ने माध्यम बन्नुपर्ने बताउँनुभयो । राष्ट्रिय समाचार समिति राससको ६३ औँ स्थापना दिवसका अवसरमा उँहाले यस्तो बताउँनुभएको हो । त्यस्तै उनले सञ्चार माध्याम गाउँ–गाउँमा पुग्दा जनताका आवाज बुलन्द हुन थालेको र त्यो संघीयताको उपलब्धि मान्नु पर्ने बताउँनु भयो ।

सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले रासस खोज र अनुसन्धान मुलक पत्रकारिता गर्न आवश्कता रहेको बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले क्यामेरा र माइकको बुम बोक्नेहरु पत्रकार नहुने बताउनुभयो । उहाले सचेत नागरिकले कुन पत्रकार हुन र कुन हैनन् भन्ने छुट्टाउन आवस्यक रहेको बताउनुभएको थियो । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमले राससले जनताको भन्दापनि सरकारको बढी चर्चा परिचर्चा गर्ने खाले पत्रकारिता त्याग्नु पर्ने सुझाव दिनुभयो ।

No description available.
राष्ट्रिय समाचार समिति राससको ६३ औँ स्थापना दिवसका अवसरमा सोमबार तुलसीपुुरमा आयोजना गरिएको ‘जिम्मेवार पत्रकारिता र रासस’को भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, प्रेस युनियनका केन्द्रीय उपमहासचिब सुलोचना गौतम, तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष रामप्रसाद चालिसे, नेकपा माओबादी केन्द्र तुलसीपुरका अध्यक्ष खुशीराम चौधरी, नेकपा एमलेका प्रतिनिधि सपना बस्नेत,ज्येष्ठ नागरिक सरोकार केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरा जोसी,तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष डिल्लीबहादुर बस्नेत ,प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका,प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

No description available.

रासस दाङ प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राससका तुलसीपुर समाचारदाता दिपक बोहराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्