रापती समाज काठमाडौंकाे अध्यक्षमा दाङका गाेविन्द मधुर आचार्य



रापती समाज काठमाडौंकाे अध्यक्षमा दाङका गाेविन्द मधुर आचार्य चयन हुनुभएको छ ।

समाजकाे १८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गायक तथा संगीतकार  आचार्य अध्यक्ष पदमा चयन हुनुभएको हाे ।

‘सबैको विश्वास, सबैको भर– राप्तीवासीको साझा घर’ भन्ने  मूल नाराका साथ स्थापित भएको रापती समाज काठमाडौंले नया कार्यसमिति चयन गरेकाे हाे ।

नवगठित कार्यसमितिमा  वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी, उपाध्यक्षहरूमा मोहनलाल डांगी र माधवी रेग्मी, महासचिवमा गायत्रा कुमारी विसी, सचिवमा सिर्जु अधिकारी, कोषाध्यक्षमा सोनि पाण्डे थापा, र सह(कोषाध्यक्षमा वेदप्रसाद भट्टराई रहेका छन्।

त्यस्तै सदस्यहरुमा देवराज आचार्य, प्रेमराज लामिछाने, लोकबहादुर रसाइली, बिमला पौडेल, रिता केसी, मीना बस्नेत, पूर्णबहादुर पुरी, बिमला भुसाल, सरस्वती देवकोटा, सुमित्रा पाण्डे निर्वाचित भएका छन् ।
समाजले रापती क्षेत्रको कला, साहित्य, संगीत, संस्कृति, पर्यटन, र सामाजिक उत्थानमा सशक्त भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्