किवानीज क्लव तुलसीपुरको अध्यक्षमा रजौरे, वरिष्ठ उपाध्यक्षमा बस्नेत



किवानीज क्लव अफ लर्ड बुद्ध तुलसीपुरका २०२४/ ०२५ को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लवको अध्यक्षमा रासस प्रमुख नारायणी रजौरेलाई पद हस्तान्तरण गरिएको छ ।

किवानीज क्लवको आज तुलसीपुरमा भएको पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष नारायणि रजौरेलाई अध्यक्ष पदमा र क्लवको वरिष्ठ उपाध्यक्षमा दामोदर वस्नेतलाई पदभार ग्रहन गराईएको थियो ।

निर्वतमान अध्यक्ष बंशीकुमार शर्माले २०२४/ ०२५ का लागि माईन्यूट हस्तान्तरण गर्दै पदभार ग्रहण गराउँनु भएको थियो । यस्तै सचिवमा प्रेम बहादुर घर्ती मगर, सह–सचिवमा विमल गौतम, कोषाध्यक्षमा शुसीला शाह रहनु भएको छ ।

यस्तै सदस्यहरुमा ध्रुवराज न्यौपाने, पदम वली क्षेत्री, खम बुढा, हरीभक्त डांगी, चुर्ण वली, छवी वस्नेत, ललीत पोख्रेल लगाएतका रहनु भएको छ ।

साे अवसरमा पदभार ग्रहन गर्दै अध्यक्ष रजाैरेले यहाँ सम्म पुर्याउँन सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि सहयाेग पाउने अपेक्षा रहेको बताउनुभयो ।

सामाजीक कार्य गर्ने उद्धेश्यले संचालनमा आएको क्लवले स्वास्थ्य क्षेत्र र विपन्न बालबालीकाको क्षमता अभिबृद्धिका लागि काम गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्