तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२ को वजेट प्रश्तुत गर्नुभएको हो ।
उपमहानगरले यस आर्थीक बर्षमा २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट ल्याएको छ । उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा ल्याएको छ । यस्तै सबैभन्दा कम बजेट पशु तर्फ विनियोजन गरेको छ ।
कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ । यस्तै पशु तर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ ।
त्यसैगरी स्वास्थ्य तर्फ ९ करोड ५९ लाख ४० हजार बजेट विनीयोजन गरेको छ । यस्तै कृषि तर्फ ५ करोड ४८ लाख १४ हजार र अन्य शिर्षकमा १ अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार