नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत आज दंगीशरण गाउँपालिका वडा न. २ मा सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष मोहन वि.क.को अध्यक्षता तथा नेकपा एमाले लुम्बीनी प्रदेश सचिवालय सदस्य शिव कुमार आचार्यको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतीथी आचार्यले ग्रासरुट कार्यक्रमलाई सफल बनाउँन टोल देखी वडा र पालीका स्तरमा अभियानका रुपमा संचालन गर्नुपर्ने बताउँनुभयो । पार्टिलाई संगठित गर्न जनता माझ भिजनका लागि यो कार्यक्रम प्रभावकारी बनाउँन तर्फ लाग्नुपर्ने बताउँनुभयो । हामी पार्टि सुदृढिकरणमा लागेका छौँ, यो अभियानमा कार्यकर्ता देखी लीएर नेताहरुको सहकार्य हुन आवश्यक रहेको बताउँनुभयो ।
यस्तै प्रदेश कमिटि सदस्य भुवनेश्वर पौडेलले पश्चिम क्षेत्रको विकासका लागि यहाँका जनताहरुको स्तर उन्नतीका लागि पार्टि बलीयो बनाई भिजन सहित जनताहरुको घरदैलो जानुपर्ने आजको आवश्यक्ता रहेको बताउँनुभएको थियो । जिल्ला सचिवालय सदस्य भागिराम चौधरीले पािर्ट सुद्धिकरण अभियानलाई पार्टिको गुणस्तरसंग जोडिएकाले यो अभियानमा सबै लाग्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा सुदन के.सी, जिल्ला सदस्य रेखा के.सी., बेचन वली, पदमा वस्नेत, अखिल किसान महासंघ केन्द्रिय सदस्य सियम विश्वकर्मा लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय सदस्य यशोदा शर्मा, गाउँ कमिटि अध्यक्ष, सदस्य तथा वडा कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण वडा कमिटि सचिव राजेन्द्र घर्तीले गर्नुभएको थियो ।