अङ्कित आचार्य
दाङको तुलसीपुर – २ बालापुरमा रहेको जनप्रिय इङ्लिस स्कुलले आफ्नाे स्थापनाकाे १८ औं वार्षिकोत्सब मनाएकाे छ।
“शिक्षा र संस्कारकाे एउटै धराेहर” भन्ने मुल नारा बाेकेकाे स्कुलकाे वार्षिकोत्सब समाराेह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद याेगीकाे अध्यक्षता र २ नं वडा कार्यालयका अध्यक्ष भीम बहादुर याेगीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
प्रमुख अतिथि याेगीले आजकाे याे विज्ञान र प्रविधिकाे युगसम्ममा आइपुग्दा संस्कार भन्ने कुरा हराउँदै गएकाले देशमा विभिन्न किसिमका विकृति र विसङ्गति बढ्दै गएकाे बताउनुभएको थियाे। जुन जनप्रियले आफ्नाे नारामा उठाएकाे कुरा नारामा मात्रै सिमित नराखेर लागु गरेकाले आउदा दिनमा पनि पढाइसँगै संस्कारलाई पनि जीवन्तता दिदै शैक्षिक मार्गलाई फराकिलाे पार्नुपर्ने बताउनुभयाे ।
विशिष्ट अतिथि विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माले विद्यालयले हालसम्म गरेका चुनाैति,सफलता र प्रगतिकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे। अभिभावक नै आफ्नाे लागि भगवान् स्वरुप भएकाे औल्याउदै विद्यालय उत्थानकाे लागि विद्यालय ,अभिभावक र विद्यार्थी सबैकाे त्रिकाेणात्मक सम्बन्ध रहेकाले विद्यालयलाई सफल र सबल पार्नकाे लागि सबैकाे उत्तरदायित्व उत्तिकै रहेकाे बताउनु भयाे ।
कार्यक्रम बाेल्ने बक्ताहरुले शिक्षासँगै संस्कार पनि विद्यार्थीहरुका लागि अपरिहार्य भएको बताएका थिए ।
कार्यक्रममा अस्थाई प्रहरी चाैकी बालापुरका इन्चार्ज दिनेश डाँगी, विद्यालय अनुगमन तथा संरक्षण समितिकी अध्यक्ष कान्छी चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे।
साे अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत,नृत्य, नाटक, प्रहसन ,लगायतका प्रस्तुति राखेका थिए।
विद्यालयका परीक्षा संयाेजक नवीन कुमार शर्माले कार्यक्रम सफल पार्न साथ र सहयाेग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियाे।
विद्यालयका शिक्षक एवं कार्यक्रम निर्देशक बासुदेव आचार्यकाे स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षकद्वय कमल डाँगी र अङकित आचार्यले गर्नुभएकाे थियाे । जनप्रिय इङ्लिस स्कुल पश्चिम क्षेत्रकाे एकमात्र अव्वल र आफ्नाे बेग्लै पहिचान गराउन सफल भएको छ ।