लक्ष्मण बस्नेत
दाङको बेल्झिन्डिमा जारी एन प्याब्सन दाङ जिल्ला अन्तर बिधालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ मा ज्ञान ज्योती माबी तुलसिपुरले शिर्ष स्थान कायमै राखेको छ ।
एन प्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगिताको आज दोस्रो दिन एथलेटिक्स तर्फको १५ पदकको टुंगो लाग्दा ज्ञान ज्योती माबी तुलसिपुर ५ स्वर्ण र २ रजत पदकका साथ शिर्ष स्थान कायमै राख्न सफल भएको हो ।
त्यस्तै जनप्रीय बोर्डिङ स्कुल बालापुर ३ स्वर्ण,१ रजत १ कास्य पदकका साथ द्वितिय स्थानमा रहदा मिडवयष्ट प्वाईन्ट एकेडेमी शान्तिनगर खैरेनी २ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै तृतीय स्थानमा रहेको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिनु भएकोछ । त्यस्तै भलिबल छात्रा तर्फ मिडवयष्ट प्वाईन्टएकेडेमी खैरेनी र जनप्रीय बोर्डिङ स्कुल बालापुर फाईनल फाईनलमा भिड्नेछन् भने पुरन्धारा एकेडेमीले तृतिय स्थान हात पार्दा मोडर्न दिग दर्शन बबई ६ सान्त्वना भएको छ ।
त्यस्तै छात्र तर्फ जनप्रीय फाईनलमा प्रवेश गरेको छ भने पिपुल्स ल्याण्ड र श्रीगाउ लाईभ भिजनको अन्तिम सेमिफाइनलको बिजेता टिमले जनप्रीय संगको फाईनल भेट पक्का गर्नेछ ।
यसैबिच आयोजकले भोलि हुने प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी, शुभेच्छुक, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।