१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुरमा एक किशोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका ६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार