हस्तनिर्मीत ढकिया देखि खाध्यवस्तु सिस्नोको पाउडरको ब्यापार

तुलसीपुर महोत्सव


No description available.

तुलसीपुरमा जारी महोत्सवमा बिभीन्न स्टलहरु राखिएका छन् । बिभीन्न स्टल मध्ये कृषि वन उद्यमीहरुले राखेका स्टलहरुमा मान्छेहरुको भिड धेरै देख्न सकिन्छ । कृषि वन उधमी समूहहरुले उत्पादन गरेका खाद्यवस्तु तथा सामग्रीहरु बिक्रीका लागि स्टलमा राखिएका छन् । मेलामा आउँनेहरु अवलोकन मात्र होईन सामग्री किनमेलमा पनि ब्यस्त देखिन्छन् र उनीहरुको पहिलो रोजाई नै उधमीहरुले उत्पादन गरेका सामग्री हुन्छ । कृषि वन उपज प्रदर्शनी रैथाने कोशेली घर नाम दिईएको स्टलमा दैनीकजसो भिडभिड देख्न सकिन्छ ।

तुलसीपुर–८ बटवलपुरको सूर्योदय महिला ढकिया उद्यमी समूहले आफैले उत्पादन गरेका हस्तनिर्मीत वस्तुहरु स्टलमा बिक्रीका लागि राखेका छन् । प्राकृतीक कच्चा पदार्थहरु बाट उत्पादित हस्तकलाका सामग्री काँश, मुज र थाकलबाट उत्पादन गरीएका ढकिया, झोला, फूलदानी लगायतका आकर्षक सामग्री राखिएको छ ।

“सोचे भन्दा धेरै नै विक्रि भईरहेको छ । मान्छेहरु आउछन्,हेरेर मन पराउछन् लिएरै जान्छन् । एकछिन पनि खाली हुदैन ।” – शुसीला चौधरीले भन्नुभयो ।

यस्तै वस्तीखोला सिस्नो पाउडर  शान्तिनगरको उद्यमी समूहले उत्पादन गरेको सिस्नोको पाउडर पनि स्टलमा राखिएको छ । सिस्नोको पाउडर किन्नेहरुको पनि उत्तीकै भिड देख्न सकिन्छ । सिस्नो पाउँडर पनि छ भन्दै हेर्न आउँनेहरु किनेरै लग्छन् । त्यस्तै जौँ को सातु, मस्यौरा, सिन्की पनि किन्न आउँनेहरुको भिड देख्न सकिन्छ । यस्तै रुन्टीगढी टिमुर उद्यमी समूहले उत्पादन गरेका टिमुरको छोप, टिमुरको अचार लगायतका वस्तुहरु स्टलमा राखिएका छन् । जो आकर्षक अनी ग्राहकको रोजाइमा परेका छन् ।

दंगीशरणको सहारा दुना टपरी उद्योगले उत्पादन गरेको दुना टपरी पनि स्टलमा राखिएको छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तुले बजार लिएको छ भने बजारमा यसको माग बढेर जाने देखिएको छ ।

No description available.
“ हस्तनिर्मीत वस्तु ढकिया, खाध्यवस्तु ‘सिस्नोको पाउडर, टिमुरको छोप,मस्यौरा र अचारको बिक्री राम्रो छ । महोत्सवमा राखेपछि प्रचारप्रसार पनि बढेको छ । यसले गर्दा भोली पनि यी सामग्रीले बजार पाउँन सक्छन् । आज सम्म २५ हजार भन्दा बढिको सामग्री बिक्री भईसकेको छ ।” ग्रीन फाउण्डेशन नेपाल दाङका कोषाध्यक्ष केपी भण्डारीले भन्नुभयो ।

“ महोत्सव अवधिभर यी सामग्रीहरुको बिक्री वितरण देखि लिएर प्रचारप्रसारमा टेवा पुग्नेछ । भोलीका दिनमा बजार खोज्नुपर्ने समस्या टरेर जाने विश्वास छ । स्थानीय स्तरमा उत्पादित वस्तुलाई मान्छेले विस्तारै चिन्दैछन् । स्थानीय  वस्तुहरुको प्रबद्र्धन संगै बढि भन्दा बढि उधमी उत्पादन गर्नका लागि लागिपरेका छौँ ।” – उहाँले भन्नुभयो ।

यी समूहहरुले उत्पादन गरेका खाद्य वस्तु तथा सामग्रीहरु प्रवद्र्धनका लागि ग्रीन फाउण्डेशन नेपाल, तुलसीपुर उद्योग वाणिज्य संघ, पारिवारिक निजी वन संघ नेपाल तथा तुलसीपुर कृषि वन उद्यम सहकारी संस्था लि. संस्थाहरुले प्रवद्र्धक संस्थाको रुपमा सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्