रूकुम पश्चिम मुसिकोट नगरपालिका ८ घोरखानी स्थित झिमखोलाको ओढारबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान र सोही बन्दुकको नाल १ थान फेला पारी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार