लोकतन्त्र बलियो बनाउन दलहरू पारदर्शी र जवाफदेही हुनुपर्छ : सराेकारवाला



राजनीतिक दलहरुकाे कमजोरीका कारण लोकतन्त्र खतरामा पर्ने सराेकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । तीन ठुला राजनीतिक दलहरु एक ठाउँमा बस्न नसक्नु ठुलो कमजोरी रहेकाे उनिहरुले बताए ।

मानव अधिकार तथा शान्ति समाज दाङले लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको नागरिक संवाद कार्यक्रममा सराेकारवालाहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन र सत्तामा बस्नेहरु अझै पारदर्शी र जवाफदेही बन्नुपर्ने सुझाव दिए ।

प्रेस स्वतन्त्रता सेनानी तथा कार्यक्रमका प्रमुख बक्ता टिकाराम रेग्मीले पछिल्लो राजनीतिक परिवेश हेर्दा लोकतन्त्र खतरामा परेको बताउनुभयाे।

उहाँले भन्नुभयो – “देशका प्रधानमन्त्रीकै संयाेजकत्वमा शुसासन कमिटी गठन गर्ने अनि देशमा शुसासन छैन भन्नू कत्तिकाे उपयुक्त हाेला ?”

सुशासनको प्रत्याभुति हुनुपर्ने भन्दै दण्डहिन्ता अन्त्य हुनुपर्ने उहाँको तर्क थियाे । राजसस्था विरुद्धमा आन्दाेलन गर्नु भन्दा दलहरु बिच समिक्षा हुन जरुरी रहेकाे बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले लाेकतन्त्रमा पिछडिएका वर्गलाई अधिकार दिएपनि समानता नदेखिएको भन्दै विभेदकाे अन्त्य नहुदा सम्म लाेकतन्त्र बलियाे नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका सहसचिव राजु आचार्यले मानव अधिकार भित्र प्राकृतिक र लोकतन्त्रिक हुनुपर्ने भन्दै राजनीतिक दल ईमान्दार भए लाेकतन्त्र स्थापित गर्न सकिने बताउनुभयो । लाेकतन्त्र लाई ब्यवस्थित गर्न नसक्नु राजनीतिक दलकै कमजोरी भएको स्पष्ट पार्नुभयाे ।

त्यस्तै नेकपा एमालेका जिल्ला सदस्य नवराज लामिछानेले लाेकतन्त्रमा अधिकार खाेज्दै जादा दायित्व हराए जस्तो भएकाे बताउनुभयो । अधिकार लिने भन्दा पनि दिने पक्षले कति, कसरी दिने भन्ने बिषयमा मनन गर्न जरुरी रहेको बताउनुभयो । सम्बाेधन गर्ने राजनीति दल नै एक ठाउँमा बस्न नसकेकाले अहिले देखिएको राष्ट्रिय समस्या समस्यामै अल्झिराखेकाे बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका डिल्ली अधिकारीले प्रती हिंसा आवश्यक भएपनि आफुभित्र भएको कुशासन , सदाचारकाे अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा लामिछाने गिरिले दण्डहिनताका कारण मानवअधिकार उलङ्घनका घटना भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे – ” पुरुषहरुकाे मात्र शसक्तिकरण हुनु, महिलाहरुकाे शसक्तिकरण नहुनु लाेकतन्त्र मानिदैन। कानुनकाे नजरमा सबै समान हुनुपर्छ । नागरिक समाजले घच्घच्याउने हाे बाकि राजनीति दलले काम गर्ने हाे ।”

साे अवसरमा राष्ट्रिय स्वतन्त्र पाटीका छेत्र खड्का, अधिकार कर्मी देवा डाँगी, छवि विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तलसीराम सुनार, फाेनिज दाङका अध्यक्ष दिप्तीशिखा चौधरी पत्रकारहरु बालाराम खड्का, निरला अर्याल, दिपक वोहरा, जित सागर जिएम लगाएतले आ- आफनाे भनाइ राखेका थिए ।

कार्यक्रममा अधिकार कर्मी निर्मल नेपालीले सुशासन र सशक्तिकरणले लोकतन्त्रलाई स्थायी बनाउँछ ःकुशासन र भ्रष्ट्राचारले लोकतन्त्रको आयु घटाँछ भन्दै मानव अधिकार तथा शान्ति समाजद्धारा तयार पारेको अवधारणापत्र प्रश्तुत गर्नुभएको थियाे ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शान्ति समाज दाङका माधव बस्नेतले गर्नु भएको थियाे।

 

 

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्