
समृद्ध समाज दंगीशरणले भानु मा.वी.प्रसडुवा कक्षा ६ मा अध्ययनरत छात्रा पुर्णिमा चौधरीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । समृद्ध समाजले विपन्न परिवारकि छोरी पुर्णिमालाई पढाईलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्धेश्यले रु.२५ हजार नगद हस्तान्तरण गरेको हो । नेदरल्यान्डका ईनेकी क्रोईस र विकास कोष नर्वेका नेपनल प्रतीनिधि योगी कायस्थले उक्त रकम उपलब्ध गराएका थिए । जनविकास मुल समितीले आयोजनामा दंगीशरण ६ श्रीगाउँमा भएको शुभकामना आदान प्रदान तथा श्रम सहयोगिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा समृद्ध समाज दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क.ले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

विपन्न तथा आर्थिक अवस्था कमजोर भएपछि छोरीलाइ पढाउँन समस्या भईरहेका बेला सहयोग पाएको भन्दै पुर्णिमाकि आमा सीता चौधरी खुसी ब्यक्त गर्नुभयो । सगुन समूह सदस्य सीता चौधरी पाएको रकमले बुंगुर र बाख्रा पालेर आएआर्जन गर्ने मनसाय भएको बताउँनुभयो । सिता अरुको ज्यालादारी काम गरेर घर खर्च देखि छोराछोरी पढाउँदै आउँनु भएको छ । “अरुको भाडा माझ्न जान्छु , अरुको अधिया खेत लगाउछे, अरु घरायसी काम गर्न जान्छु, यसरी छोराछोरी लालनपालन गर्दै आएको छु ।”- सिताले भन्नुभयो । “यो पैसाले धेरै आधार दिएको छ । भाडा माझेको पैसाले त खान पनि पुग्दैन । छोराछोरी कसरी पढाउँनु । ” सिताका एक छोरा र एक छोरी छन् ।

सो अवसरमा समृद्ध समाजकि राज कुमारी चौधरीले देश विदेशका दातृ निकाएले सहयोग स्वरुप उपलब्ध गराएको रकमले बालबालीकाको जिवन सुधारका लागि छात्रबृत्ती कोष वितरण गर्ने गरेको बताउँनुभयो । यस रकमबाट परिवारले ब्यवसाय संचालन गरि आयआर्जन गरेर छोराछोरीलाई शिक्षा बाट बञ्चित नगराउँन भन्नका लागि र बिहे नगरी कक्षा १२ सम्म पढ्नका लागि उत्प्रेरणा स्वरुप सहयोग गरेको बताउँनुभयो ।
समृद्ध समाजको विपन्न परिवार छात्रबृत्ती कोष अन्र्तगत उक्त रकम सहयोग सहयोग गरिएको हो । यसअघि समृद्ध समाजले १० जना विपन्न परिवारका दश जना बालबालीकाहरुलाई सहयोग गरिसकेको छ । विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउँन बालबालीकाको आधारभुत शिक्षा आर्जन गर्न मदत पुगोस् भन्ने मुख्य उद्धेश्यले समृद्ध समाजले यो कार्यलाई अभियानका रुपमा संचालन गर्दै आएको छ ।

सोहि अवसरमा सहकर्मी समाजको व्यवस्थापनमा भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा गएर श्रम सहयोग गर्ने समृद्ध समाज दंगीशरण दाङका कर्मचारी पदाधिकारीलाई जनविकास मूलसमितीले सम्मान गरेको छ । थप सामाजीक उत्तरदायीत्व निर्वाह गर्न साथै सामाजीक कार्यमा प्रशंसनीय कार्य गरेको भन्दै सम्मान गरेको हो । समृद्ध समाज दङ्गिशरणकाे १० जनाकाे टाेली भुकम्प प्रभावित जिल्ला रुकुममा सहयाेगाार्थ श्रम गर्न रुकुम पुगेकाे थियाे ।

कार्यक्रममा लालीगुरास समुहका उपाध्यक्ष डिल्ली बहादुर सुनार, वडा न. ७ का वडा सदस्य चन्दा योगी, नेपाल पत्रकार महासंघ दाङका सह सचिव दिप्तीशिखा चौधरी, उर्मीला परियारले समृद्ध समाजले गरेका सामाजीक कार्यको प्रशंसा गरेका थिए । जनविकास मुल समितीका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षता तथा दंगीशरण गाउँपालिका वडा न. ६ का वडा सदस्य समशेर राणाको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शहजीकरण ललीता रोकाले गर्नुभएको थियो ।

यसैबिच दंगीशरण गाउँपालिका वडा न. ७ ले पनि जाजरकोट भुकम्प पिडीतहरुलाई सहयोग गर्न पुगेका समृद्ध समाजको टिमलाई सम्मान गरेको छ । वडा अध्यक्ष रेशम वलीले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि उक्त टोलीलाई सम्मान गर्नुभएको हो । समाजमा सामाजीक उत्तरदायीत्व निर्वाह गर्नेलाई प्रोत्साहन गर्नुपर्छ भन्दै सम्मान गरिएको बताउँनुभयो ।

