
नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नं ३ का लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार चयन भएका केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई औपचारिक रूपमा उम्मेदवारी प्रदान गरिएको छ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीको तर्फबाट पाण्डेलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारीको औपचारिक पत्र हस्तान्तरण गर्नुभएको हो।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोख्रेलले पार्टीको निर्णयअनुसार पाण्डेलाई उम्मेदवार घोषणा गर्दै आगामी निर्वाचनमा संगठनलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
उम्मेदवारी पत्र ग्रहणपछि पाण्डेले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै दाङ क्षेत्र नं ३ का जनताको अपेक्षा र विश्वासअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विकास, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर निर्वाचनमा होमिने बताउनुभयो।
कार्यक्रममा नेकपा एमालेका स्थानीय तथा केन्द्रीय तहका नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

