हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिबार एक कार्यक्रमका बिच दङ्गिशरण २ कलमखाेलामा सभा सम्पन्न भएको हाे ।
सभामा संस्थाकाे सञ्चालक समितिका सचिव राजेन्द्र घर्तिले आर्थिक वर्ष २०८०/०८१ काे प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । समिक्षा प्रतिवेदनमा गत आर्थिक वर्ष भन्दा संस्थाले प्रगति गरेकाे र छाेटाे समयमा सहकारी मार्फत महत्त्वपूर्ण गतिविधिहरु सञ्चालन गरिएको समेटिएकाे छ ।
यस्तेै सचिव राजेन्द्र घर्तिले प्रगति प्रतिवेदन प्रश्तुत गर्नु भएको थियाे । साे अवसरमा आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम संचालक समितिकाे अध्यक्ष विष्णु गाैतमले प्रस्तुत गर्नुभएको थियाे ।
संस्थाकाे शेयर सदस्यकाे निधन भएको अवस्थामा सदस्यकाे घरपरिवारलाई काज किरिया खर्च उपलब्ध गराउने, महिला शेयर सदस्यलाई सुत्केरी पाेषण खर्च दिने, शेयर सदस्यकाे हरेक वर्ष नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने, कृषि वन उधमलाई दिगाे बनाउदै थप उधमकाे विकास गर्दै सदस्यहरुलाई जीविकोपार्जनमा जाेड्ने, जैविक मल उत्पादन गर्ने, विद्यालय र टाेलटाेलमा सहकारी जागरण तथा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने, कृषिमा सहुलियत कर्जा प्रवाह गर्ने जस्ता कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरिएकाे थियोे ।
यस्तेै काेषाध्यक्ष सीता डाँगीले आर्थिक तथा बजेट प्रस्तुत गर्नुभएको थियोे भने लेखा संयाेजक ईश्वरी गाैतमले लेखा प्रतिवेदन प्रश्तुत गर्नु भएको थियाे ।
साे अबसरमा बर्षकाे उत्कृष्ट कृषक शेयर सदस्य कृष्ण चाैधरी, उत्कृष्ट उधमी शेयर सदस्य सराधनी चाैधरी, उत्कृष्ट ऋणी शेयर सदस्य कल बहादुर नेपाली, उत्कृष्ट बचत शेयर सदस्य तिला पुन, उत्कृष्ट बाल बचत शेयर सदस्य ईश्वरी गाैतम, जेष्ठ शेयर सदस्य लक्ष्मण कुमार खड्का र संस्था जग्गा दान दिने जग्गा धनी ईश्वरी बहादुर पुनलाई सम्मान गरिएको थियोे ।
साधारणसभामा दंगीशरण गाउँपालिका वडा नं.१ का निवर्तमान वडा अध्यक्ष श्रीप्रसाद चाैधरी, तिलकन्या सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्ष तथा श्री मा.वि मधपुरकाे व्यवस्थापन समितिकाे अध्यक्ष झरेन्द्र के.सी, पाथीभरा सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्ष उदय परियार, गाेल्टाकुरी महिला साना किसान कृषि सहकारी संथा लिमिटेडकाे अध्यक्ष सीता खत्री लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सस्थाका अध्यक्ष बिष्णु गाैतमकाे अध्यक्षता एव दङ्गिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिकाे प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष डम्बर खत्रीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
संस्थाकाे उपाध्यक्ष चक्र मिलन वि.क काे स्वागत मन्तव्यबाट सुरु भएको सभाकाे सहजीकरण शेयर सदस्य कृष्ण चाैधरीले गर्नुभएको थियाे ।
संस्थाले वन तथा कृषि सहज कार्यक्रम मार्फत अनुदान प्राप्त गरेर शेयर सदस्यहरुलाई जीविकोपार्जनमा जाेड्नका लागि ढकिया, दुनाटपरी, बासँकाे चाेया तथा झाडु उत्पादनमा ४० जना शेयर सदस्य प्रत्यक्ष उत्पादनमा आबद्ध भएको, वडा कार्यालय बाट कम्प्युटर प्राप्त भएको, सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सञ्चालन, पहिलोपटक कृषि वन उपज हाटबजार सञ्चालन, शेयर सदस्यहरुलाई अस्पताल सेवामा छुट हुनेगरी राप्ती लाईफ केयर हस्पिटल सँग सम्झौता, डिजिटल साक्षरता तालिम, उधमशीलता क्षमता विकास तथा व्यवसाय व्यवस्थापन तालिम, मादक पदार्थ तथा लागु पदार्थ दुर्व्रशनी न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना, सामुदायिक विद्यालयमा अध्ययन गरि उत्कृष्ट अंक ल्याउने शेयर सदस्यकाे छाेराछाेरीलाई पुरस्कार प्रदान, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनका थुप्रै कार्यक्रमहरु संचालन गरेको छ ।