लैंगिक हिंसा बिरुद्ध बिभिन्न कार्यक्रम संचालन गरिने



No description available.

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अबसरमा बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । अभियानलाई प्रभाबकारी बनाउनलाई सुगम बस्तीदेखि ग्रामीण क्षेत्रसम्म विभिन्न कार्यक्रम गरिने भएको हो ।

अभियानका क्रममा ओरेक दाङले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेको छ । तुलसीपुर १० को सहयोगमा पत्रकार सम्मेलन गरिएको हो । अभियानलाई सफल पार्न जिल्लामा क्रियासिल तयार नेपाल, बेस, ओरक नेपाल, नगरस्तरिय युबा सञ्जाल, नगरस्तरिय अपांग महिला संजाल, राप्ती बहिरा संघ, किशोरी संजाललगायतका संघ संस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिने भएको छ ।

No description available.

हिंसामुक्त समाज निर्माणका लागि १६ दिने अभियानलाई सफल बनाउन सचेतनमूलक छलफल, सचेतनामूलक पोष्टर प्रदर्शनी, सन्देशमूलक सामग्री प्रकाशन तथा प्रशारण गर्ने कार्यक्रम गरिने ओरेक दाङका संयोजक इश्वरी थापाले जानकारी दिनुभयो ।

जिल्लाका तुलसीपुर, घोराही, दंगीशरण लगायत जिल्लाका सबै स्थानीय सरकारको समन्वयमा कार्यक्रम गरिने संयोजक थापाले जानकारी दिनुभयो । तुलसीपुर १० का कार्यबाहक अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण वडा सचिब कर्णबहादुर हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्