राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना सेनाको नियन्त्रणमा



 

नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्ने योजनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बानेश्वरस्थित बैंक लुट्ने प्रयासमा संलग्न ती व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा लिएको हो।

मंगलबार रातिदेखि सेनाले देशभर विशेष सुरक्षा सतर्कता अपनाएको छ। राति १० बजेदेखि विभिन्न ठाउँमा सैनिक टोली खटाइएका छन्। सेनाले आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने सम्भावना देखेर जंगी अड्डाबाट दुईवटा हटलाइन नम्बर पनि सार्वजनिक गरेको छ।

जनताले शंकास्पद गतिविधि देखेमा ०१–५९७९२२३ वा ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने सेनाले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्