११ नम्बर वडाले सर्प दंशका बिरामीका लागि एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने




तुलसीपुर उपमहानगरपालिकाको – ११ नम्बर वडा कार्यालले सर्प दंशका बिरामीको उपचारका लागि एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने भएको छ ।

बुधबार आफ्नो नीति तथा कार्यक्रम पारित गरेको यो वडा कार्यालयले सर्प दंशका बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन जहाँ लगेपनि त्यसको बिल पेश गरेको सो को खर्च वडा कार्यालयले बेहोर्ने नीति अख्तियार गरेको वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयाे ।

सर्पदंशका बिरामीलाई जहाँ सुकैको होस अस्पताल पु¥याउन एम्बुलेन्समा लागेको खर्च अबदेखि वडा कार्यालयले बेहोर्ने उहाले बताउनुभयो ।

पैंशाकै अभावमा कतिपय गाउँघरका मानिसले सर्प दंशका बिरामीलाई अस्पतालमा समयमै उपचार गर्न लैजानुको साटो झार फुक गराउने गरेको हुँदा त्यसको अन्त्यको लागि अबदेखि एम्बुलेन्समा लागेको खर्च वडा कार्यालयले बेहोर्ने नीति अख्तियार गरिएको वडाध्यक्ष रावतले बताउनुभयाे।

झारफुकमा लाग्दा बिरामीको अकालमा ज्यान गुमाउने पर्ने अवस्था आउन सक्ने भन्दै त्यस्ता दुःखद घटनाहरु नघटुन भन्ने उदेश्यले एम्बुलेन्सको भाडा बेहोर्ने नीति ल्याएकाे बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्