दिपक वली
मास्टर एन्ड मिस फोटोजेनिक गुरुकुल तुलसिपुर सम्पन्न भएको छ । गुरुकुल एकेडेमि तुलसिपुरको आयोजनामा भएको कार्यक्रमको आज एक कार्यक्रम गरी फिनाले सम्पन्न गरीएको हो । १६० जनाले भाग लिएको कार्यक्रममा मास्टर फोटोजेनिक तर्फ दिगम केसि र मिस फेटोजेनिक तर्फ सदिक्षा बस्नेत र कृष्टि सुबेदिले प्रथम स्थान हासिल गरेको विद्यालयकि कल्चरल संयोजक चिन्तना धितालले जानकारी दिनुभयो ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा यस्तो खाले कार्यक्रमपनि आबश्यक पर्ने र बिद्यार्थिहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बिद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभएको हो । गुरुकुल एकेडेमि तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा एक औपचारीक कार्यक्रम गरी मास्टर तथा मिस फोटोजेनिक विजेताको घोषणा गरीएको हो । गुरुकुरुल एकेडेमि तुलसिपुरका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बिद्यालयकि कल्चरल संयोजक चिन्तना धितालले गर्नुभएको थियो ।