विधालयमा एक पछि अर्को विवाद थपिदै

प्रधानाध्यापकको लडाईले विद्यार्थीको पढाई प्रभावित


No photo description available.

दाङको एक विद्यालयमा एक पछि अर्को समस्या अल्झीदै गएको छ । विधालयमा दुई जना प्रधानाध्यापक हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँमा दुईजना प्रधानाध्यापक हुँदा विद्यार्थीको पढाईदेखि शिक्षकको तलबमा समेत असर परेको छ ।

विद्यालयमा चन्दलाल जैसी र बाबुराम अधिकारी गरी दुईजना प्रधानाध्यापक छन् । दुई जनामध्ये जैशीलाई विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक बनाउन चाहेको र पालिकाले अधिकारीलाई प्रअ बनाउन खोजेपछि विवाद भएको हो ।

प्रअ नियुक्तिको विषयमा विवाद हुँदा एकातिर पढाई प्रभावित भएको छ भने अर्कोतर्फ शिक्षकहरुले लामो समयदेखि तलब पाउन सकेका थिएनन् । प्रअ नहुँदा तलब रोक्का हुँदा गतवर्षको माघ महिनादेखि तलब रोक्का भएको थियो ।

गतबर्षको माघ महिनादेखिको तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण समेत गराएका छन् । ध्यानाकर्षण पश्चात शिक्षक तथा कर्मचारीहरुको रोकिएको तलब खाता सञ्चालनमा आएको छ । माग सम्बोधन नभएमा विद्यालयको पठनपाठन रोक्ने चेतावनी दिएपछि शिक्षक तथा कर्मचारीको तलब खाता ६ महिनापछि सञ्चालनमा आएको हो ।

शिक्षक तथा कर्मचारीको तलब फुकुवा भएपनि विद्यालयको खाता सञ्चालनमा नआएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लिलाधर वलीले जानकारी दिनुभयो । विधालय व्यवस्थापन समितीका अध्यक्ष वलीका अनुशार शिक्षक को तलव आयो तर विद्यालय  को खाता संचालनमा आएको छैन । अहिलेका दुई प्रअ मध्ये अधिकारीले गत बैशाख २ गते राजीनामा दिएको र पुनःबैशाख ५ गतेदेखि पालिकाले आफ्नो शक्तिको आडमा पुनः अधिकारीलाई नै प्रअको रुपमा पठाउदा थप विवाद उत्पन्न भएको हो ।

यसैबिच शिक्षकहरुको विवाद सुल्झीन नपाउँदै विधार्थीहरुले विधालयमा ताला लगाएका छन् । विद्याथीहरुले समयमै पाठ्यपुस्तक पाउनुपर्ने, विद्यालमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयमा राजनिती गर्न नहुने, विद्यालयको प्रअमा चन्दलाल जैसीलाई नियुक्त गर्नुपर्ने लगाएतका माग राखेर विहीवार देखि विद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरु विधालयको गेट बाहिर नारा लगाएका थिए । “चन्दलाल जैसीले आफनो तलव बाट विधार्थीहरुका लागि पाठ्यपुस्तक किनीदिएको र विधालयमा पढाई व्यवस्थीत गर्ने भएकाले हामी प्रअमा चन्दलाल जैसीलाई चाहेका छौँ ।” एक विधार्थीले भने । आफनो माग पुरा नहुदा सम्म ताला नखोल्ने उनीहरुले बताए ।

बिधालयलाई राम्रो बनाउँने भन्दा भनी राजनीतीक तरीकाले लैजान खोजीदैछ । राम्रो भन्दा पनी हाम्रो मान्छे प्रअ हुनुपर्छ भन्ने मनसायले विधालयको विवाद सुल्झीन नसकेको अध्यक्ष वलीले बताउँनुभयो । यस विषयमा गाउँपालिकाले वास्ता नगरेको उहाँको आरोप छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्