
दाङको तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँस्थित गोरखा बोर्डिङ स्कुलको छेउमा क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ। मंगलबार शिलान्याससँगै निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो।
संयुक्त लगानीकर्ता अनिल बुढाथोकी र वसन्त लम्सालको साझेदारीमा झण्डै २२ करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण हुन लागेको जानकारी संचालक बुढाथोकीले दिनुभयाे। उहाका अनुसार सिनेमा हल आगामी दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
‘कर्मा’ फिल्मका निर्माता समेत रहेका बुढाथोकी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका छ। उहाले तुलसीपुरवासीलाई लक्षित गर्दै अत्याधुनिक प्रविधियुक्त हल निर्माण गर्न लागिएको बताउनुभयाे ।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार

