
मालिका कालिका यातायात प्रालिले अत्याधुनिक इलेक्ट्रोनिक ( विद्युतीय ) गाडीहरु ल्याएकाे छ ।
नेपालमै यातायात क्षेत्रमा देखिएकाे सिन्डिकेट अन्त्य गराउन सफल प्रालिले स्वदेशमै उत्पादन भएकाे विद्युतबाट सञ्चालन हुने विद्युतीय गाडी सञ्चालनमा ल्याउन थालेकाे हाे । यात्रुहरुलाई सहज र सर्वशुलभ भाडामा यात्रा गराउने उद्देश्यले गाडीहरु खरिद गरिएकाे प्रालिका अध्यक्ष सुमन पाेख्रेलले बताउनु भएकाे छ । पाेख्रेलले इलेक्ट्रोनिक गाडीहरु दाङबाट बाँके, बर्दिया, सुर्खेत, सल्यान, रुकुम, राेल्पा, प्युठान, रुपन्देही र कास्कीसम्म सञ्चालन हुने जानकारी दिनुभएकाे छ ।
सुरुमा एसिसहितका ११ सिटे १२ वटा गाडी सञ्चालनमा ल्याउन थालिएकाे बताउनुभयाे । बाकी १५ वटा गाडीसमेत दशै अघि नै सञ्चालनमा ल्याउने बताउनुभयाे ।
गाडीकाे चाँवी हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य मेनका पाेख्रेलले युवा व्यवसायीलाई व्यवसायीक सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे । उहाँले यात्रुहरुलाई सरल, सहज र आरामदायी सेवा प्रदान गर्न सुझाउनु भयाे । उहाँले युवाहरूलाई स्वदेशमै राेजगारी र विद्युतीय गाडी सञ्चालनबाट स्वच्छ वातावरण तयार हुने बताउनुभयाे ।

