
दाङको तुलसीपुरमा पुस चार गतेदेखि सञ्चालन भएको ‘प्रथम तुलसीपुर महोत्सव’ आज समापन भएको छ।
स्थानीय उत्पादनको बजारीकरण र औद्योगिक वातावरण निर्माण गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महोत्सव १७ दिनसम्म सञ्चालन भएको थियो।
महोत्सव समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्वरोजगारमा सहयोग पुगेको बताउनुभयाे। उहाले महोत्सवबाट उपमहानगरपालिकाले ३५ लाखभन्दा बढी राजश्व संकलन भएको जानकारी दिनुभयाे ।
महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आयव्यय छिट्टै सार्वजनिक गरिने बताउनुभयाे।
यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले महोत्सव शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न भएको बताउनुभयाे ।
महोत्सवमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

