मिसन ग्रास रुट कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका स्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम मंगलवार दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँ कमिटि अध्यक्ष रेशम वलीको अध्यक्षता एंव नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननिय शोभा ज्ञवालीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतीथी ज्ञवालीले पार्टि सुद्धिकरण तथा विस्तार अभियानलाई रणनितिक योजना सहित अगाडि बढाउँनुपर्ने बताउँु भएको थियो । यस पालिका कमिटिका सदस्य, वडा कमिटिका मुख्य पदाधिकारी,जनवर्गी संगठनका पदाधिकारी, जननिर्वाचित जनप्रतिनिधिहरु , अगुवा कार्यकर्ताहरु वफादार तरिकाले लाग्नुस्, जनताको बिचमा जानुस् उहाहरुको हरेक समस्यासंग भिज्नुस् अनी मात्र तपाई र पार्टि सmल हुनेछ । ज्ञवालीले भन्नुभयो । उहाँले २३ वटा जनवर्गीय संगठनलाई परिस्कृत गर्दै संगठन अनुशार तालीम र प्रशिक्षण कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । जनवर्गीय संगठन विस्तार गरी पार्टिको हितका लागि काम गर्नुपर्ने भन्दै गुणस्तरी विकाश निर्माणमा लाग्न आग्रह गर्नुभयो । हामी जनतासंगको सम्बन्धलाई मजवुत बनाउँन जनताहरुको जिवनशैलीसंग भिज्न जरुरी छ अनी मात्र हामी सफल हुनेछौँ । हाम्रो पार्टि सफल हुनेछ । ज्ञवालीले भन्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य भुवनेश्वर पोडेल, शिव कुमार आचार्य, धमकली चौधरी, भागिराम चौधरी, एम.एन शाह, जिल्ला सचिव मनोहर बुढाथोकि , प्रेस चौतारी केन्द्रिय सदस्य गणेश आचार्य लगाएतले पार्टि सुद्धिकरण अभियानलाई टोल देखी पालीका सम्ममा लैजानका लागि सबै लाग्नुपर्ने बताएका थिए । पार्टि सफल बनाउँन पार्टि सुद्धिकरण आवश्यक रहेको उनीहरुको भनाई थियो ।
साथै ४ औँ उतर स्मृति दिवसको अवसरमा स्व. उत्तर कुमार वलि प्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका विभीन्न कमिटिमा आवद्ध रहेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण पालीका सचिव श्रीप्रशाद चौधरीले गर्नुभएको थियो ।