लक्ष्मण बस्नेत
दाङ तुलसिपुरको उरहरीमा आज आइतबार देखि अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकाल ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री ढकाल ले खेल पुर्वाधार बिकास बिना सिङ्गो खेल क्षेत्रको बिकासको परिकल्पना गर्न नसकिने बताउनु भएको छ ।
खेलकुद क्षेत्रको बिकासको पहिलो आधार स्तम्भ भौतिक पुर्वाधार निर्माण हो तर राज्यका संघिय,प्रदेश र स्थानीय गरि तिनै तहका सरकार यसतर्फ गम्भीर नभएको उहाँले बताउनु भयो ।
खेलकुद राष्ट्रको गौरव र पहिचान स्थापित गर्ने एक मात्र दरिलो माध्यम पनि हो यसको यथोचित बिकासमा राज्यको चासो र चिन्तन हुन नितान्त आवश्यक छ उहाले भन्नुभयो ।
साथै देशको विकास, अनुशासन र गतिशिलतालाई संग संगै लैजान सक्ने सामर्थ्य खेलकुदमा मात्र भएको उहाको भनाईछ ।
कार्यक्रमका विशिष्ट अतिथि तुलसिपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले उत्तम तुलसिपुर लाई खेलकुद हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताउनु भयो ।
खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ तुलसिपुर खेलकुदको हव अवश्य बन्नेछ उहाँले भन्नुभयो । साथै अनुशासनको उच्च आदर्शलाई आत्मसात पालना गरेर खेल खेल्न सबै खेलाडी लाई आग्रह गर्नुभयो ।
तुलसिपुर उपमहानगरपालिका वडा न ११ का अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा न १८ का अध्यक्ष माधव वलि,अमर माबी उरहरीका प्रधानअध्यापक पदम बहादुर वलि,नेपाली काग्रेस तुलसिपुर ११ का सभापति हेम राज वलि,नेकपा एमाले वडा न ११ अध्यक्ष भागिराम चौधरी,एकीकृत माओबादिका बेद बोहरा लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
वडा सदस्य यज्ञ बहादुर बस्नेत स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिब पदम भण्डारीले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा बबई फुटबल टिम र अमर माबी उरहरी फुटबल टिम बिजयी भएका छन ।
बबईले उद्घाटन खेलमा नवलपुर फुटबल टिम लाई सुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । त्यस्तै अमर माबी उरहरिले बबई फुटबल टिम बि लाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
प्रतियोगिता अन्तरगत भोलि सोमबार बिहान मोतिपुर फुटबल टिम र उरहरी फुटबल टिम बिच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा बेल्टाकुरा ए र बेल्टाकुरा बि भिड्नेछन् ।
स्थानिय स्तरमा फुटबल खेलको बिकास र बिस्तार गर्न आयोजित प्रतियोगिताको बिजेता टिम ले नगद ४० हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर र बेष्ट किप्पर लाई ट्रफी प्रदान गरिने वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनु भएकोछ ।
पाँच दिन सम्म चल्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहेकोछ ।