गुरुकुल एकेडेमी तुलसिपुरले मनायो आफ्नो पहिलो बार्षिकोत्सव ः आगामि शैक्षिक सत्र २०८१ बाट कक्षा १० पढाई हुने




गुरुकुल एकेडेमी तुलसिपुरले आफ्नो प्रथम वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य तथा प्रख्यात कलाकार कोमल वली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।

उत्सवमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, गीत, नृत्य र नाटक प्रस्तुत गरेर आफ्नो कला र क्षमता देखाएका थिए। यस अवसरमा कोमल वलीले विद्यार्थिहरूलाई होसला प्रदान गर्दै शिक्षा र संस्कृति बीचको समन्वयको महत्वलाई जोड दिनुभएको थियो। ूआजको युगमा शिक्षा मात्र महत्वपूर्ण छैन, संस्कृतिका संरक्षण र संवर्धनमा पनि हाम्रो कर्तव्य महत्त्वपूर्ण छ, उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकि वलीले गुरुकुल एकेडेमी तुलसिपुरमा पहलिो पटक आज अवलोकन गर्ने मौका पाएको र साहि अवशरमा विद्यार्थिहरुको प्रस्तुति हेर्दा अभिभावकहरुले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभएको थियो ।

साथै उँहाले आफ्ना बालबालीकाहरुलाई अनावश्यक रुपमा पढाको चाप दिन नहुने बताउनुभएको थियो । विद्यार्थिमा जुन क्षमता छ त्यसैमा अभिबृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको थियो । गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीले जुन लक्ष राखेर विद्यालय संचालनमा ल्याएको छ त्यो लक्ष्य कटिबद्ध भएर पुरा गर्ने बताउनुभयो ।

साथै जुन विश्वासका साथ अभिभावकले आफ्ना बालबालीकाहरु विद्यालयमा पठाउनुभएको छ त्यो विश्वासलाई मध्यनजर राख्दै मुर्ण मानव बनाउने र शिक्षा संगै संस्कार र संस्कृतिमा पनि विद्यार्थिलाई अब्बल बनाउने बताउनुभयो ।

यस्तै कार्यक्रममा विद्यार्थि सहित गुरुकुल एकेडेमी घोराहीक प्रधानाध्यापक डा । कृष्णराज डिसि ,जेष्ठ नागरीक समुह दाङका सदस्य ललीत बहादुर वली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

गुरुहुल एकेडेमीका अध्यक्ष  अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यँलयबि संयोजक चिन्तना धितालले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षकहरु बासुदेब योगि ,श्रृजना बोहोरा र विद्यँर्थिहरु मार्शल वली र सिमरण सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्