काङ्ग्रेस तुलसीपुर ६को सम्मेलन तथा सम्मान कार्यक्रम




नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ इकाई समितिले सहिद दिवसको अवसरमा वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ।

वडा सभापति प्रताप खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको प्रमुख अतिथितामा एवं नेपाली कांग्रेस जिल्ला प्रतिनिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसले वडामा विकासको लहर ल्याएको र मुहार
कांग्रेसकै कारण जिल्ला नगर र वडामा विकास तीव्र गतिमा भइरहेको बताउनुभयाे । पूओर्व मुख्यमन्त्री चौधरीले त्यो विकासलाई पार्टीका कार्यकर्ताहरू र सदस्यहरूले जसलिन प्रचार गर्न सक्नुपर्ने समेत बताउनुभयाे । पूर्व मुख्यमन्त्री चौधरीले कांग्रेसको विकास स्थानीय टोल, सडक, तटबन्ध खानेपानी, मठमन्दिर भुयारथान, पुलपुलेसा सबैमा देखिने बताउनुभयाे । उहाले सबै क्षेत्रका बिकासमा काङ्ग्रेस देखिने गरेको बताउनुभयाे ।

उहाले यो क्षेत्रको विकासका लागि आफू सधैँ कटिबद्ध भएर लागेको र त्यो विकासलाई निर्णयार्थ र सार्थक बनाउन सम्पूर्ण पार्टी सदस्यहरुको भूमिका अहम रहेको बताउनुभयाे ।

 

नेता केशव आचार्यले कांग्रेसका नेताहरुले गरेको विकासलाई पार्टीले संस्थागत गरेर प्रचारप्रसार र त्यसको अपनत्व लिने काममा केही कमी भएको भन्दै अब त्यो अभियानमा लाग्न र अपनत्व लिन आग्रह गर्नुभयाे ।

झुपलाल ओलीको स्वागतबाट सुरु भएको कार्यक्रममा विभिन्न  नेताहरूले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सहजिकरण वडा सचिव समनबाबु डाँगीले गर्नुभएकाे थियाे  ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्