महिलाहरुले आफ्नो हकअधिकारको लागि स्वयम आफुनै लड्नुपर्ने एक कार्यक्रममा बोल्ने बत्ताहरुले बताएका छन् । महिलाहरुलाई सचेत गराउनको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग थियो । महिलाहरुले पनि समान कामको समान ज्याला, पाउनुपर्नेमा राज्यले कन्जुसाई गरेको गुनासो गर्दै पहुँचका आधारमा विभेद गरेको उनीहरुको गुनासो थियो । मार्च ८ अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर आज बुधवार दंगीशरण गाउँपालिकाले आयोजना गरेको ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
लैंङ्गिक समानताको बलियो आधारस् सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार भन्ने मुल नारा सहित दंगीशरण गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिबिध कार्यक्रमहरु गरि मनाएको हो । गाउँ पालिकाले ओरेक, सिड सस्था लगाएतका संघसस्थाहरुको सहकार्यमा भब्य कार्यक्रमको आउोजना श्रमिक महिला दिवस मनाएको हो । गाउँपालिका उपाध्यक्ष पिमा खड्का वलिको अध्यक्ष्ता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा निबर्तमान गाउँपालिका अध्यक्ष भागीराम चौधरी र प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतीथी गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँपालिकाले महिलाहरुको शसक्तिकरणका लागि धेरै कार्यक्रमहरु संचालन गरिरहेको र गरिरहने बताउँनुभयो । महिलाहरुको उत्थानका लागि जहिले पनी गाउँपालिका सकारात्मक रहेर काम गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो । हामी कुनै पनी महिलालाई विभेद नगरी महिला हितका नीम्ती काम गर्नेछौँ उसका लागि तपाईकोको माग बमोजिम कार्यक्रम संचालन गर्ने प्रतीवद्धता जनाउँनेछौँ अध्यक्ष गिरीले भन्नुभयो । उहाले हरेक वडामा महिलाहरुको हक अधिकारलाई सुनीश्चीत गर्ने दावी समेत गर्नुभयो ।
कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखाका चन्द्रा वलीले गर्नुभएको थियो । दिवसका अवसरमा महिला हिंसा न्यूनीकरण सम्बन्धि लोकगित प्रतीयोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा वडा न. का जिवा थापा प्रथम, वडा न. ६ का रीमा के.सी. द्धितीय, ३ न. वडाका ईश्वरी कंडेल तृतीय र वडा न. ७ का कमला वली सान्त्वना हुनुभएकाु थियो । प्रतीयोगितामा सफल भएकाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।