तुलसीपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु



दाङको तुलसीपुरमा “हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक शाखाको आयोजनामा र विभिन्न संघसंस्थाको सहकार्यमा अभियानको उद्घाटन गरिएको हो।

नगर प्रमुख टिकाराम खड्काको संरक्षकत्व र उप – प्रमुख स्यानी चौधरीको अध्यक्षतामा अभियानको उद्घाटन गरिएको हो।


नगर प्रमुख  खड्काले महिला हिंसा अन्त्यका लागि समाजमा चेतनाको विकास हुन जरुरी रहेको बताउनुभयाे । सबै वर्ग र समुदायका नागरिकलाई महिला हिंसाविरुद्धको अभियानमा सहभागी हुन आग्रह गर्दै उहाँले अभियान अभियानमा केन्द्रीत नभएर यसले दिन खाेजेकाे सन्देशले सार्थकता पाउनुपर्ने बताउनुभयो ।

उप – प्रमुख स्यानी चौधरीले अशिक्षालाई महिला हिंसाको मुख्य कारण भन्दै शिक्षा र सचेतना फैलाउनुपर्ने बताउनुभयाे ।


साे अवसरमा अधिकारकर्मी सुष्मा लामिछानेले प्रश्तुत गर्नु भएको तथ्यांकमा २०८०/८१ मा तुलसीपुर इलाका प्रहरी कार्यालयमा १ सय ५६ वटा मुद्दा दर्ता भएका छन । जसमध्ये ५० वटा घरेलु हिंसा सम्बन्धी छन्। यस्तै २०७९/०८० मा महिला हिंसासम्बन्धी २ सय ५५ मुद्दा दर्ता भएका थिए।


यस्तै अन्वेसि बाट ओरेकमा प्राप्त तथ्यांकअनुसार ७५ वटै जिल्लामा २०८१ मा ७५ प्रतिशतले बलत्कारका प्रभावितले सामाजिक असर बेहाेर्नु परेको थियाे ।ओरेकका पुजा वि .क ले प्रश्तुत गर्नु भएको तथ्यांकमा ९४ प्रतिशत १८ वर्ष कम उमेरका बालिका बलत्कारकाे जाेखिममा परेका छन् । ३९ प्रतिशत घरायसी तथा सेवामूलक काममा संलग्न महिलाहरू सबै भन्दा बढि जाेखिममा परेका छन् । ८१ प्रतिशत महिला मानव अधिकार रक्षकहरुले मानसिक हिंसा खेपिरहेका छन् । ६७ प्रतिसत दाेहाेरी साझका महिलाहरुले सबैभन्दा बढि हिंसाकाे सामना खेप्नुपरेको छ ।

यस्तै ६५ प्रतिशत महिलाहरूले घरेलु हिंसाकाे सामना गरेका छन् । ४५ प्रतिशत बाेक्सिकाे आराेपमा हिंसा पाएका छन् । १५ प्रतिशत महिला शारीरिक हिंसाकाे सामना गरेका छन् । ७३ प्रतिशत महिलाहरुकाे २० वर्ष नपुग्दै बिबाह भएको छ । यस्तै विपतकाे अवस्थामा संकलित घटना मध्ये ८३ प्रतिशत महिलाहरु घरेलु हिंसा बाट प्रभावित छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरी, अपांग सुधार समाजका हुमाकान्त कंडेल, दलित सेवा संघका किरण विक, र जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले आ – आफ्नाे धारणा राखेका थिए ।

साे अवसरमा सहभागीहरूले “हिंसा गर्दिनँ, हिंसा पनि सहन्न” भन्ने प्रतिबद्धता जनाउँदै सेतो रिबन लगाएका थिए।

लैङ्गिक हिंसा न्युनिकरण गर्न र समाजमा हिंसा विरुद्धको सकारात्मक शन्देस दिन यस वर्ष पनि विविध कार्यक्रम गरिने महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयाे ।


महिला, बालबालिका तथा सामाजिक शाखाकी सहायक पुष्पा शर्माको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमकाे शहजिकरण शिक्षा शाखाका शिक्षा अधिकृत मनबहादुर खड्काले गर्नुभएको थियाे ।

सन् १९९१ मा क्यानडाबाट सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्