के तपाईं तरकारीमा नुन थपेर खानुहुन्छ ? सजग हुनुहोस् !




वर्षाको
मौसममा पोलेको मकै, त्यसमा नुन खुर्सानी दलेको

– गाजर–काँक्रो, प्याज गोलभेडाको सलाद र त्यसमा पनि नुन 

– तरकारी र दालमा नुन कम भयो, त्यसमा पनि नुन थपेर खाने

स्थिति चाहे जेसुकै होस्, नुन सबैलाई चाहिन्छ । तर नुन अलिकति पनि कम भए स्वाद बिग्रिन्छ भने थोरै मात्रै पनि बढी भयो भने स्वास्थ्य ।
तरकारीमा नुन थपेर खानुहुन्छ भने यो नयाँ अनुसन्धान पढ्नुहोस्
११ जुलाईमा एक नयाँ अनुसन्धान युरोपियन हार्ट जनरलमा प्रकाशित भएको छ । यस अनुसार जो व्यक्ति आफ्नो खानामा नियमित रुपमा नुन थपेर खाने गर्नुहुन्छ भने उनीहरुमा मृत्युको खतरा अन्य व्यक्तिको तुलनामा २८ प्रतिशत बढी हुन्छ । यो अनुसन्धान पाँच लाख व्यक्तिमा गरिएको हो ।
नुनबारे विस्तृत जानकारी एक भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको छ । यसमा भारतको पारस अस्पतालकी चिफ डायटिसियन नेहा पठानियासँग कुराकानी गरिएको छ ।

नेहाका अनुसार नुनमा सोडियम र पोटासियम दुबै हुन्छ । सोडियमले मानिसको शरीरमा पानीको सन्तुलित स्तर बनाउनुका साथै अक्सिजन र अन्य पोषक तत्व सबै अङ्गसम्म पुर्याउन मद्दत गर्छ । यससका कारण हाम्रो नसामा ऊर्जा आउँछ ।

एकदिनमा कति नुन खानुपर्छ त ? यसको जवाफमा उनी भन्छिन्, ‘साधारण भाषामा भन्ने हो भने तपाईंले ५ ग्राम नुन मात्रै खानुपर्छ । यसलाई थप सरल तरिकाले बुझाउने हो भने तपाईंको हरेक खानामा एउटा सानो चम्चा नुन मात्रै हुनुपर्छ । तपाईंले के पनि याद राख्नुपर्छ भने तपाईंले २.३ ग्राम मात्रै सोडियम लिनुपर्छ जुन तपाईंले ५ ग्राम नुनमा पाउनुहुन्छ ।’

धेरै नुन खाँदा यी ६ समस्या निम्तिन सक्छन्ः

– उच्च रक्तचाप

– मुटुरोग

– हड्डी कमजोर

– कपाल झर्ने

– मृगौला सुन्निने

केही मानिसहरु खानामा नुन थपेर खान्छन् । यस्तो गुर्न ठिक हो कि होइन भन्नेबारे जानकारी लिऔँ

– खाना माथि नुन राखेर खानु खतरनाक हो

– यसका कारण मुटु र मृगौलासमबन्धित समस्या हुनसक्छ

– सर्कुलेटरी सिस्टम (सञ्चार प्रणाली) र नर्भस सिस्टम (तन्त्रिका तन्त्र) मा पनि क्षती पुग्नसक्छ

– खानामा नुन थपेर खाने लत नै लाग्छ । केही समय पछि तपाईं नुन नथपी खानै सक्नुहुन्नँ ।

प्रश्न – दाल र तरकारीसँग पाकेको नुन, पछि थपेको नुनभन्दा राम्रो हुन्छ, कसरी ?

जवाफ – जब नुन खानासँगै पाक्छ तब यसको आइरनको स्ट्रक्चर फेरिन्छ र तपाईंको शरीरलाई यसलाई छिटै सोस्ने गर्छ ।

पछि थपेको नुनको स्ट्रक्चर फेरिएको हुँदैन त्यससैले यो निकै कम मात्रै अब्जर्ब हुन पाउँछ । त्यसैकारण काँचो नुन हाइपरटेन्सन र उच्च रक्तचापको कारण बन्नेगर्छ ।

तपाईंले धेरै नुन खाइरहनुभएको छ भनेर कसरी थाहा पाउने ?

– पेट, अनुहार, हात, खुट्टा र शरीरको अन्य अंग सुन्निन्छ ।

– उच्च रक्तचापको समस्याका साथै धेरै प्यास पनि लाग्न सक्छ ।

– तपाईंको तौल अचानक धेरै नै बढ्न सक्छ ।

– राती मिठो निद्रा नपर्नु र बेचैनी महसुस हुनसक्छ ।

– तपाईं शारीरिक रुपमा आफूलाई कमजोर महसुस गर्न सक्नुहुन्छ ।

सोडियम र नुनको स्तरलाई कसरी परीक्षण गर्न सकिन्छ ?

– यसका लागि तपाईं न्युट्रिसनिस्ट वा डायटिसियनको सहयोग लिन सक्नुहुन्छ ।

– रक्त परीक्षण गर्दा शरीरमा सोडियम, पोटासियम र इलेक्ट्रोलाइटको मात्रा कति छ भनेर पत्ता लाग्छ । यसै सोडियमको मात्रा हेरेर डाक्टरले नुनको स्तर बताउन सक्छन् ।

– हामीले हरेक ६ महिनापछि वा वर्षमा एकपटक रक्त परीक्षण गराउनुपर्छ ।

सोडियम र सल्टबीचको अन्तर बुझ्नुहोस्

प्याक गरिएका खानामा सोडियम हुन्छ । खानाको कुनै पनि चिज खरिद गर्नुअघि त्यसको सोडियमको स्तर परीक्षण गर्नुपर्छ । सोडियमको स्तर खानाको हरेक प्याकेटमा लेखिएको हुन्छ र मानिसहरु त्यसलाई नुन ठान्ने गर्छन् । यो गलत हो । सोडियम नुनको एउटा हिस्सा मात्रै हो । तपाईंले पूरा नुनको स्तर परीक्षण गर्नुपर्छ ।

नुनमा सोडियम कति हुन्छ ?

– १÷४ चम्चा नुन = ५७५ मिलिग्राम सोडियम

– १÷२ चम्चा नुन = १,१५० मिलिग्राम सोडियम

– ३÷४ चम्चा नुन = १७२५ मिलिग्राम सोडियम

– १ चम्चा नुन = २,३०० मिलिग्राम सोडियम

यो अनुमानित डाटा हो र एउटा सानो चम्चाको आधारमा मापन गरिएको छ ।

स्रोत : अमेरिकन हार्ट असोसिएसन

अहिलेसम्म यहाँ सादा नुनबारे कुरा गरिएको छ । तर नेपालमा सादा नुनबाहेक अन्य दुई प्रकारको नुन छन् जसलाई स्वादका लागि खाने गरिन्छ । सिरे नुन र बिरे नुन । मानिसहरु ब्रत बसेका बेला धेरैजसो सिरे नुन खान्छन् र बिरे नुन फलफूलमाथि हालेर खाने गर्छन् ।

विभिन्न खालका नुनको फाइदा र हानी यस प्रकारका छन्

सादा नुन वा टेबल सल्टका फाइदा

– सोडियम र आयोडिनको मात्रा पर्याप्त हुन्छ

– यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ

क्षती

धेरै खाँदा हड्डी कमजोर हुनसक्छन्

सिरे नुनका फाइदा

– यो खाँदा हड्डी बलियो हुन्छन्

– सुगर क्रेभिङलाई कम गर्न मद्दत गर्छ । पाचन प्रणाली राम्रो रहन्छ ।

हानी

यो थाइरोइडका बिरामीले धेरै खाएको खण्डमा आयोडिनको कमी हुनसक्छ ।

बिरे नुनका फाइदा

– लगभग ८५ प्रतिशत सोडियम, क्लोराइड र १५ प्रतिशत आइरन, कपर, जिंकजस्ता तत्व हुन्छन् ।

– कब्जियत, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता हुने र डर लाग्नेजस्ता समस्याबाट छुटकारा पाइन्छ ।

हानी

मुटु र मृगौलाका बिरामीले डाक्टरको सल्लाह बिना यो खानु हुँदैन ।

जाँदा जाँदै

माथि दिइएका जानकारी पढेपछि ‘अबदेखि कम नुन खान्छु वा नुन त खाँदै खान्नँ’ भन्ने सोच्नुभएको छ भने यो पनि गलत हो । किनभने शरीरलाई नुन चाहिन्छ नै । नुन कम खानु पनि खतरनाक हुनसक्छ । त्यसैले दैनिक त्यति नै नुन खानुहोस् जति तपाईंको शरीरलाई आवश्यक छ ।

नुन कम खाँदा के हुन्छ ?

– कम रक्तचापको बिरामी बन्न सक्नुहुन्छ ।

– टाइप टु मधुमेहका शिकार हुन सक्नुहुन्छ ।

– सुस्तता र बान्ताको समस्या पनि हुनसक्छ ।

– दिमाग र मुटु सुन्निने पनि हुनसक्छ ।

– सुन्निने भएकोले टाउको दुख्ने, कोमा र सिजर्सको अट्याक पनि हुनसक्छ ।

– जुन अंगलाई जति रगत चाहिन्छ, त्यहँँसम्म पुग्न नसक्ने पनि हुनसक्छ ।

– एलडीएल (ब्याड) कोलेस्ट्रोल ४.६ प्रतिशतसम्म बढ्ने गर्छ

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्