प्रेस सेन्टर नेपाल घोराहीकाे अध्यक्षमा हेमराज नेपाली (परिवर्तन)



प्रेस सेन्टर नेपाल घोराही शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको अधिवेशनले हेमराज नेपाली (परिवर्तन) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा वर्षा मगर र विष्णु गोराथोकी, सचिवमा सुबिनराज शेर्पाइली, सहसचिवमा द्वय अमृता डाँगी र रमण शर्मा, कोषाध्यक्षमा भिउमन पुनपगर चयन हुनुभएको हो ।

यसैगरी सदस्यमा असीमा घर्तिमगर, बलजीत दमाई, मनोज मगर, हिरा केसी, रामकुमार दाहाल, प्रज्वल खड्का र नवीन गौतम रहनुभएको छ ।

संगठनका कार्यवाहक अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता तथा

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माकाे प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हाे ।

 

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्