दङ्गिशरणमा बजार अनुगमन गरियाे



दंगीशरण गाउँपालिकाको बजार अनुगमन टोलिले बजार अनुगमन गरेको छ । बजार अनुगमन टोलिले व्यवसाय दर्ता देखि खाद्य वस्तुको म्याद भएको नभएको लगायत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश व्यवसायहरु दर्ता नभएको पाइएको राजस्व साखा प्रमुख लेखनाथ आचार्यले बताउनुभयो  ।

गाउँपालिकाको आन्तरिक राजस्वमा वृद्धि गर्न र व्यवसाय दर्तावारे आम नागरीकमा जानकारी दिन पनि सप्ताह ब्यापि दर्ता सप्ताहा गर्नुपर्ने प्रमुख आचार्यले बताउनुभयाे । अब आगामिदिनहरुमा बजार अनुगमनको कार्यलाई तिव्रता दिने  उहाले जानकारी दिनुभयाे।

यस्तै गाउँपालिकाको जग्गा जमिन भित्र सम्झौता नगरी ब्यापार व्यवसाय सञ्चालन गरेका व्यवसायिहरुलाई प्रचलित कानुनको दायराभित्र ल्याइ गाउँपालिकाको राजस्व वृद्धिमा सहयोग गर्ने कार्यहरु आगामि दिनमा बढाउन कदम चालिने प्रमुख आचार्यले बताउनुभयाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्