लक्ष्य एकाडेमीको वार्षिकोत्सबमा  गीतकार  ब्याकुल माइला आउँदै



No description available.

दाङको तुलसीपुरमा रहेको लक्ष्य एकाडेमीले वार्षिकोत्सब मनाउने भएको छ । यहि माघ १६ गते बिबिध कार्यक्रमका साथ बार्षिकउत्सव मनाउँने भएको हो ।तुलसीपुर ६ स्थित ड्रीम व्यंग्याकुइट्मा कार्यक्रम हुनेछ ।

आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा वार्षिकोत्सबको अवसरमा राष्ट्रिय गीतका रचिएता ब्याकुल माइलालाई प्रमुख वक्ताको रुपमा आउन लागेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

वार्षिकोत्सबका अवसरमा शैक्षिक तथा सास्कृतिक प्रस्तुती रहनुका साथै खेलकुदका कार्यक्रम समेत रहने उहाले जानकारी दिनुभयो । राष्ट्रिय गीतका रचिएतालाई दाङमा स्वागत गर्नुको उद्देश्य दाङमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार संगै अध्ययन अवलोकन गराउँन र राज्यले सम्झीनुर्छ भन्ने ध्यानआकर्षण गराउँनका लागि दाङमा स्वागत गर्न लागेको बताउँनुभयो ।

कार्यक्रममा निजी विद्यालय प्याव्सनका अध्यक्ष भोजराज न्यौपानेले सर्जक प्रतीको सम्मान स्वरुप कलाकारहरुको उपस्थितीमा कार्यक्रम गर्न लागेको बताउँनुभयो । सो अवसरमा दंगाली कलाकारहरुको प्रश्तुती रहने बताउँनुभयो ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्